बिहीबार, साउन २८, २०८३

‘नेयमार विनाको पिएसजी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- फ्रान्सेली तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का युवा स्टार खेलाडी केलिएन एमबाप्पेले ब्राजिलियन स्टार स्ट्राइकर नेयमार पेरिसमै रहनेमा विश्वस्त रहेको बताएका छन् ।

तर, नेयमार भने यस सिजनको ट्रान्सफर विन्डोज बन्द हुन् भन्दा पहिले नै स्पेनिस ला लिगा क्लब बार्सिलोना वा रियल मड्रिड जाने योजना बनाइरहेका छन् । यता पिएसजीले पनि नेयमारमको जर्सीलाई बजारमा बेच्न रोकेको छ। 

‘म नेयमारलाई पिएसजीमै रहने आग्रह गर्नेछु । तर, उनी मान्ने छन् या छैनन् । त्यो भने हेर्ने छु ।’ एमबाप्पेले भने, ‘हुन त यो विषय नेयमारको भविष्यसँग जोडिएको छ । र नेयमार विनाको पिएसजी पनि पहिले जस्तै रहने छैन् ।’ 

एमबाप्पेले प्रशिक्षक थोमस टुचेललाई संकेत गर्दै भने- यसको समाधान कस्लाई थाहा छ? जहाँ नेयमार लामो समयदेखी टोलीमा समावेश छैनन् । तर, प्रशिक्षक टुचेलले प्रतिउत्तरमा नेयमार विनाको टोली समाधान खोजीरहेको बताए । 

‘हामी वास्तविक छौ र टोलीमा नेयमार विनाको समाधन खोज्दै छौ ।’ टुचेलले भने, ‘यो असम्भव छ की टोलीमा उनी जस्तो खेलाडी पाउन । तर, उनी विना पनि पुरानै टोली  बनाउने प्रयास गर्ने छौ ।’ उनले थपे, ‘हामी उनलाई गुमाउन पनि सक्दै नौ र उनी जस्तै खेलाडी खोज्न पनि सक्दै नौ ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।