शनिबार, चैत ७, २०८२

ग्रीन कार्डमा कठोर बन्दै अमेरिका : क-कसलाई पर्छ असर ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
डोनल्ड ट्रम्प प्रशासनले अमेरिकामा बसिरहेका आप्रवासीलाई भिसा अवधि बढाउन र स्थायी बसोबासको प्रमाणपत्र (ग्रीन कार्ड) पाउन् गाह्रो हुने कानून बनाउँदैछ ।

यो परिवर्तनबाट सरकारी सुविधामा एक वर्षभन्दा बढी समय आश्रित आप्रवासीहरु सबैभन्दा बढी प्रभावित हुनेछन् ।

सरकारले आप्रवासनसँग सम्बन्धित नयाँ नियमहरुको घोषणा गरेको छ जसका अनुसार ती आप्रवासीहरुको आवेदन स्वीकार गरिनेछैन जो भविष्यमा अमेरिकी सरकारी सेवाहरु र योजनामा आश्रित हुनसक्छन् । 

“अमेरिकी नागरिकको हित रक्षाका लागि देशमा आउने आप्रवासी आत्मनिर्भर हुनु जरुरी छ,” ह्वाइट हाउसले भनेको छ । 

ट्रम्प प्रशासनको नयाँ नियमको प्रभावबाट कम आम्दानी हुने नेपालीहरु पनि प्रभावित हुन सक्छन् । 

अमेरिकी नागरिकता र आप्रवासन सेवाका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले सोमबार पत्रकार सम्मेलनमा भनेका छन्, “ग्रीन कार्ड आवेदकको वित्तीय स्थिति, शिक्षा, आयु र उसको अंग्रेजी भाषाको ज्ञानको स्तरलाई आधार मानेर निर्णय गरिनेछ । कुनै एक मापदण्डलाई मात्रै आधार बनाइने छैन ।”

यो नयाँ नियम यसै वर्ष अक्टोबर १५ तारेखदेखि लागू हुनेछ ।

कसलाई पर्छ असर

यो नियमले पहिले नै ग्रीनकार्ड पाइसकेका आप्रवासीलाई प्रभाव  पार्ने छैन । त्यसैगरी शरणार्थी शिविरमा रहेकाहरुमा पनि यो नियम लागू हुनेछैन । तर, भिसाको म्याद थप्ने आवेदन, ग्रीन कार्ड वा अमेरिकी नागरिकता प्राप्त गर्ने आवेदनमाथि भने यो नियम लागू हुनेछ । 

यो नियमले एक वर्षभन्दा बढी समय खाद्यान्न सहुलियत, उपचारमा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासी बढी प्रभावित हुनेछन् । संभवतः अमेरिकामा बसोबासका लागि उनीहरुले गरेका आवेदनहरु खारेज हुनसक्नेछन् । 

एक अनुमान अनुसार अमेरिकामा स्थायी बसोबासको अनुमति नपाएका तर, कानूनी रुपमै अमेरिकामा बसिरहेका २.२ करोड व्यक्तिमाथि नयाँ नियमको असर पर्नेछ । 

यसै वर्ष मे महिनामा ट्रम्पले आप्रवासन सम्बन्धी गरेको एउटा प्रस्तावमा अमेरिका आउने आप्रवासीको छनोट उनीहरुको सीपका आधारमा हुनुपर्ने भनिएको थियो । उनले युवा, शिक्षित र अंग्रेजी भाषाको राम्रो ज्ञान भएका व्यक्तिलाई मात्र अमेरिका आउन दिइनुपर्ने बताएका थिए । 

डीभी लटरी कार्यक्रमको पनि आलोचना गरेका ट्रम्पले योग्यताका आधारमा नयाँ व्यवस्था गरिनुपर्ने बताउँदै आएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।