एजेन्सी- जर्मन च्याम्पियन क्लब बार्यन म्युनिखले सहज जित निकालेको छ । जर्मन कप अन्तर्गत सोमबार राती भएको बार्यनले इनर्जी कटबसलाई ३-१ ले पराजित गरेको हो ।
बार्यनको जितका लागि रोवर्टो लेवान्डोस्की, किङ्सले कोमान र लेओन गोरेजकाले एक एक गोल गरे । इनर्जी कटबसका लागि बर्कन ताजले एक गोल फर्काए ।
खेलको ३२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाए । पहिलो हाफमा १-० को अग्रता बनाएको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुल्यो ।
६५औं मिनेटमा कोमानले गोल गर्दै अग्रता दोब्बर पारे । ८५औं मिनेटमा लेओनले गोल गर्दै बार्यनलाई ३-० को अग्रता दिलाए । तर, खेलको इन्जिुरी समयमा इनर्जी कटबसका बर्कनले एक गोल फर्काए पनि थप गोल हुन नसक्दा खेल ३-१ ले गुमाएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४