शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. पाकिस्तानी राष्ट्रपति आरिफ आल्वी तथा प्रधानमन्त्री इमरान खानले इद उल–अजहको पावन अवसरमा सम्पूर्ण देशबासीका नाममा बधाई सन्देश ज्ञापन गर्दै मुलुकले हालै एक्कासी ब्यहोर्नु परेको संकटसँग जुध्न इद जस्तो पर्व पनि सामान्य खर्चमा टार्न अनुरोध गरेका छन् ।
 
२. भारतले आफ्नो अधिनस्त जम्मु कश्मिर प्रान्तले पाउँदै आएको विशेष संवैधानिक सुबिधा अन्त्य गरी केन्द्र शासन लागु गरेपछिको उत्पन्न अन्तर्राष्ट्रिय दबावहरुलाई कुटनीतिक तवरले हल निकाल्न विदेश मन्त्री एस जयशंकर पाकिस्तानको नजिक मानिएको छिमेकी मुलुक चीनको तीन दिवशीय भ्रमणमा चीनको राजधानी बेइजिङ्ग पुगेका छन् ।

३. नर्वेको राजधानी ओस्लोस्थित एक मस्जिदमा भएको गोलीकाण्डलाई आतंककारी कृयाकलाप भएको भन्दै चौतर्फिरुपमा कठोर शब्दमा निन्दा भैरहेको छ । इद उल अजहको ठीक पहिले भएको उक्त घटनाका विरुद्ध हजारौं मुस्लिम धर्माबलम्बीहरुले विरोध प्रदर्शन गरेका थिए ।

४. यमनी राष्ट्रपति अब्दु–राबु मन्सुर हादीले साउदी राजा सलामान बिन अब्दुलाजिज अल साउदसंग भेटवार्ता गरेका छन् । यमनमा जारी संघर्षका क्रममा यमनका दक्षिणी संक्रमणकालीन परिषदको शक्तीले आदेन बन्दरगाहलाई कब्जामा लिएपछि राष्ट्रपति हादीले साउदी राजासँग आवश्यक रनानीतिक सहायताका लागि भेटवार्ता गरेको बुझिएको छ ।

५. मेक्सिकोका निजी क्षेत्रका विज्ञहरुले मेक्सिकोमा हालैका वर्षहरुमा क्रमिक रुपले गरीबी घट्दै गएको जनाएका छन् । यस्तो हुनमा राज्यले लोककल्याणकारी कार्यक्रमहरु एवं तिनको प्रभावकारी कार्यान्यवन भएको बताइन्छ । गरिबी, लागूऔषध र चरम भ्रष्टाचारबाट छट्पटाइरहेको मेक्सिको विकासको गतिमा अत्यन्तै सुस्त छ । साधन श्रोत र सामरिक महत्वले अति महत्वपूर्ण मानिने उत्तर अमेरिकी मुलुक मेक्सिको त्यस भेग कै गरीब राष्ट्रको सूचीमा रहँदै आएको छ ।

६. लिबियाली सरकारले विपक्षी खेमाबाट नै युद्ध विराम भंग भएको गुनासो गरेको छ । लिबियामा वर्षौंदेखि गृह युद्धको अवस्था छ । संयुक्त राष्ट्रसंघको सहयोगमा एउटा सरकार सञ्चालित भईरहे पनि विरोधी खेमाले त्यस विरुद्ध युद्ध लडिरहेको छ ।

७. प्रदर्शनकारीहरु एक्कासी विमानस्थल प्रवेश गरी अराजकता फैल्याउन थालेपछि हङकङ् विमानस्थल प्रशासनले सोमाबारका उडानहरु रद्द गरेको जनाइएको छ । जुन महिनादेखि शुरु भएको सुपुर्दगी विधेयकविरुद्ध शुरु भएको जनप्रदर्शन हालसम्म जारी छ ।  सोमबार हङकङ्मा हालसम्मकै सबैभन्दा विशाल विरोध प्रदर्शन भएको छ ।

८. साउदी राजकुमार सत्तामा पुगेपछि उनी थप धनी बन्दै गएको एक अध्ययनले जनाएको छ । त्यसका अनुसार उनी एउटा राजनीतिक व्यक्ति नभएर केवल एउटा धनाढ्य व्यक्तिका रुपमा स्थापित हुँदै गएको देखिन्छ ।

९. इटालियन लक्जरी ब्रान्ड भर्सासी र त्यस कम्पनीका कला निर्देशक दोनातेल्ला भर्सासीले आफ्ना उत्पादनहरुले चिनियाँ समाजको चित्त दुखाएकोमा क्षमा याचना गरेका छन् । हालै भर्सासीको एउटा टि–शर्टमा चीनको अभिन्न अंग रहेका मकाउ र हङकङ्लाई अलग–अलग मुलुकहरुका रुपमा चित्रण गरेका तस्बिर छपिएपछि चिनियाँ समाजले तीब्र अलोचना गरेको थियो ।

१०. अमेरिकास्थित भारतीय दूतावासले अमेरिकी विश्वविद्यालयमा हिन्दी भाषाको निशुल्क कक्षाको व्यवस्था गर्ने भएको छ । हिन्दी भाषाको महत्व खस्कँदै जान थालेपछि हिन्दी वाङ्गमयको उत्थानका लागि भारतले चौतर्फी प्रयास गर्दै आएको छ ।

 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।