बिहीबार, वैशाख ३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • वान डेमा कोहलीको रेकर्ड, सर्वाधिक रन बनाउने भारतका दोस्रो खेलाडी 

वान डेमा कोहलीको रेकर्ड, सर्वाधिक रन बनाउने भारतका दोस्रो खेलाडी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतले आइतबार भएको वान डे क्रिकेटमा वेस्ट इंडिजलाई ५९ रनले हराएको छ।

वेस्ट इंडिजको पोर्ट अफ स्पेनमा डकवर्थ लुइस नियमका आधारमा भएको खेलमा १२० रन बनाएका भारतीय ब्याट्सम्यान एवम् कप्तान विराट कोहली यो जितको हिरो बने।

आफ्नो ४२ औं शतकका साथ विराट कोहली वान डे क्रिकेटमा भारतका दोस्रो सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बनेका छन्। 

भारतका तर्फबाट वान डेमा सर्वाधिक रन बनाउने खेलाडी भने सचिन तेन्दुलकर (१८४२६) हुन्। कोहलीले अहिलेसम्म अब २३८ म्याचमा ११४०६ रन बनाएका छन्।

उनी क्रिकेटको ‘ओभर अल’ सूचीमा आठौं नम्बरमा पुगेका छन्।

मियान्दादको रेकर्ड पनि तोडियो 

यो खेलमा १९ औं रन पूरा गरेलगत्तै कोहलीले पाकिस्तानका पुराना खेलाडी जावेद मियान्दादको एउटा २६ वर्ष पूरानो रेकर्ड पनि तोडे। कोहलीले वेस्ट इन्डिजविरुद्ध ३५ म्याचमा २०३२ रन बनाएका छन्। कुनै एउटा देशविरुद्ध सबैभन्दा कम इनिङमा २००० रन पूरा गरेको यो पहिलो रेकर्ड हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।