मंगलबार, असार २३, २०८३

नेपालसँग खेल्ने यस्तो छ इन्डियन फुटबल टिमको स्क्वाड

आउँदो सेप्टेम्बर २ र ५ तारिखमा नेपालसँग खेल्ने इन्डियन राष्ट्रिय फुटबलल टिमले आफ्नो स्क्वाड सार्वजनिक गरेको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– आउँदो सेप्टेम्बर २ र ५ तारिखमा नेपालसँग खेल्ने इन्डियन राष्ट्रिय फुटबलल टिमले आफ्नो स्क्वाड सार्वजनिक गरेको छ। इन्डियाले नेपाल आउनका लागि आज शुक्रबार २५ खेलाडीको स्क्वाड सार्वजनिक गरेको हो।

मुख्य प्रशिक्षक इगोर स्टिम्याकको नेतृत्वमा रहेको टिमले साफ च्याम्पियनसिपअघि नेपालविरुद्ध दुई खेलको मैत्रीपूर्ण खेल खेल्नेछ। सो मैत्रीपूर्ण खेलका लागि इन्डियन टिम आगामी अगस्ट ३० मा नेपाल आइपुग्ने छ।

अहिले नेपाली टिम प्रतियोगिताको तयारीका लागि पोखरा रंगशालामा अभ्यास गरिरहेको छ। यसअघि नेपालले इन्डियासँग दशरथ रंगशालामा विश्वकप २०१८ को छनोट खेल २०१५ को मार्चमा खेलेको थियो।

नेपाल आउने इन्डियन टिम

फरवार्डः सुनील क्षेत्री, फारूख चौधरी, मनवीर सिंह र रहिम अली 

डिफेन्डरः शुभासिश बोसे, मन्दर राओ देसाई, आकाश मिश्रा, सेरिटन फर्नान्डेस, प्रितम कोतल, चिंलेसना सिंह र राहुल भेके

मिडफिल्डरः यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, प्रोनय हल्दर,  ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, जेकसन सिंह 

गोलकिपरः अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु 

नेपाली टिम

फरवार्डः अञ्जन विष्ट, नवयुग श्रेष्ठ, मनिष डाँगी, आशिष लामा

डिफेन्डरः सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द

मिडफिल्डरः तेज तामाङ, विशाल राई, राजन गुरुङ, पुजन उपरकोटी, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान

गोलकिपरः किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

प्रकाशित: Aug 27, 2021| 17:39 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।