शनिबार, चैत ७, २०८२

केरलमा बाढी पहिरोका कारण ६० को मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी– भारतको केरल राज्यमा मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ । 

यहाँ एक सातादेखि लगातार भारी वर्षा भइरहेको छ । 

केरलका १४ जिल्लामा गएको पहिरो र बाढीका कारण १ हजार ३१८ शिविरमा १ लाख ६५ हजार जनताले शरण लिएका छन् । 

अत्यधिक वर्षाका कारण केरलको कोच्चीस्थित अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्द छ भने रेल सेवा पनि ठप्प छ ।

केरलमा गएको वर्ष पनि बाढी र पहिरोका कारण ४०० भन्दा धेरै व्यक्तिको ज्यान गएको थियो । 

त्यस्तै भारतको दक्षिणी राज्य कर्नाटकमा पनि बाढीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । 

कर्नाटकमा बाढी प्रभावित क्षेत्रका साढे तीन लाख जनालाई विभिन्न राहत शिविरमा स्थानान्तरण गराइएको छ । 

राज्य सरकारका अनुरास बाढीका कारण २१ हजार ४३१ घर र साढे चार लाख हेक्टरमा गरिएको खेतीमा क्षति पुगेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।