आइतबार, चैत ८, २०८२

बिपी प्रतिष्ठानका रजिस्टार डा रेग्मीले दिए राजीनामा

रजिस्टार डा रेग्मीले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएका हुन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन्। रजिस्टार डा रेग्मीले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। 

National life

प्रतिष्ठानका विषयमा विभिन्न माग राख्दै आन्दोलनरत पक्षले पदाधिकारीहरूको राजनीमासमेत  माग गरी आन्दोलन सुरु गरेका थिए। 

उक्त प्रकरणमा सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कुलपतिलाई राजीनामा दिएको उल्लेख गरिएको छ। 

यस्ता छन् आन्दोलनकारीका माग

१. नेपाल सरकार स्वास्थ्य मन्त्रालयलेसँगका (२४ दिनअगाडि गरेको) सम्झौता द्रुतगतिमा पालना गरियोस्।

Laxmi sunrise bank
kumari

२. प्रधानमन्त्री र प्रा. डा. गोविन्द केसीबीच १० दिन अगाडि भएको सम्पूर्ण सम्झौता कार्यान्वयन गरियोस्।

३. बैकुण्ठ अर्याल  नेतृत्वमा नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति टोलीले बुझाएको छानबिन कमिटिको प्रतिवेदनमा राखिएकै समयतालिका अनुसार लागू गरियोस्।

४. हालै नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ’स्वास्थ्य सेवा’ र ’शैक्षिक गतिविधि’को अध्ययन प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्।

५. पदाधिकारीहरु छनोट मापदण्ड तयार गर्दा चिकित्सा शिक्षामा अनूभवी  कम्तिमा २ जना प्राध्यापकहरु सम्लग्न गरियोस् । सो मापदण्ड निर्धारण भैसकेपश्चात पदाधिकारी छनोट विज्ञ प्राध्यापकहरुको समूहले नै गर्ने वातावरण सुनिश्चित गरियोस्।

६. उपकुलपतिको हकमा प्राध्यापक भए/नभएको कागजात मन्त्रालयलाई बुझाइसकेको हुनाले कानूनी प्रकृया अघि बढाइयोस्।

प्रकाशित: Aug 27, 2021| 17:20 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्