बिहीबार, साउन २८, २०८३

जनकपुरमा खुल्यो निःशुल्क कपडा ‘स्टल’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- विदेशमा कपडा बैंकले व्यापकता पाइरहँदा जनकपुमा पनि निःशुल्क कपडा ‘स्टल’ सञ्चालनमा ल्याइएको छ।

गरिब तथा विपत्र व्यक्तिहरुलाई प्रयोग गर्न कपडा उपलब्ध गराउने उद्देश्यले जनकपुरका युवाहरुले निःशुल्क कपडा ‘स्टल’ सञ्चालनमा ल्याएका हुन्।

सरसफाई अभियान्ता दीपककुमार चौधरीको संयोजकत्व तथा महिला एवं युवा रेलवे ट्रयाक सरसफाई अभियान्ता रुबी झा, हेल्प मधेशी धनुषाका अध्यक्ष शत्रुध्न साह, दिवाकर झा, अमित झालगायतका व्यक्तिहरुको पहलमा शनिबार निःशुल्क कपडा ‘स्टल’ सुरु गरिएको हो।

गरिब तथा विपत्र व्यक्तिहरुसम्म कपडा पुर्‍याउने उद्देश्यले जनकपुरको रेलवे स्टेशनमा ‘स्टल’ सञ्चालन गरिएको संयोजक चौधरीले बताए। अभियान तहत आफ्ना पुराना तर लगाउन योग्य कपडा दान गर्न सकिने उनको भनाइ छ।

चौधरीका अनुसार गरिब वा आवश्यक परेका व्यक्ति बिनाशुल्क त्यहाँबाट कपडा लिएर जान सक्ने छन्। खाँचो रहेका व्यक्तिसम्म कपडा पुर्‍याउन आफूहरुले यस्तो अभियानको थालनी गरेको उनले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।