बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीको कार्यक्रम बिथोल्न खोज्ने वडाअध्यक्षसहित ७ जना पक्राउ

मन्त्रीको कार्यक्रम बिथोल्न खोज्ने वडाअध्यक्षसहित ७ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले एक वडाअध्यक्षसहित सातजनालाई पक्राउ गरेको छ।

मन्त्री सोनल प्रमुख अतिथि रहेको कार्यक्रम बिथोल्न खोजेपछि बारा परवानीपुर गाउँपालिका-५ का वडाअध्यक्ष रामेश्वर साह कलबारसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो।

परवानीपुरमा मन्त्री सोनल नवनिर्मित धर्मशाला उद्घाटन गर्न पुगेका थिए। आफ्नै वडामा निर्माण भएको धर्मशाला उद्घाटन कार्यक्रममा आफूलाई सहभागी नगराएको भन्दै वडाअध्यक्ष कलबारलगायतका व्यक्तिहरुले विरोध गरेका थिए।

कार्यक्रम बिथोल्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले बताए। 

‘उहाँहरुको के विषयमा असन्तुष्टि थियो हामीलाई थाह भएन’, उनले भने, ‘धर्मशाला उद्घाटन कार्यक्रममा हो–हल्ला गरेर बिथोल्न खोजेपछि नियन्त्रणमा लिनु परेको हो।’ 
स्थिति सामान्य भइसकेपछि धर्मशालाको उद्घाटन मन्त्री सोनलले गरेको उनले जानकारी दिए। 

डिएसपी राठौरका अनुसार वडाअध्यक्ष कलबार, अनेरास्ववियु क्रान्तिकारीका नेता विवेक गुप्ता, हरिशंकर गुप्ता, रुपेश गुप्ता लगायतका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले नियन्त्रणमा लिएको वडाअध्यक्ष कलबार तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।