बिहीबार, साउन २८, २०८३

तन्जानियामा तेल ट्यांकरमा आगो लाग्दा ५७ को मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी– तन्जानियामा एक तेल ट्यांकर विष्फोट हुँदा ५७ जनाको मृत्यु भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तन्जानियाको मोरोगोरो शहरको मुख्य राजमार्गमा इन्धन बोकेको एउटा ट्यांकर पल्टिएको थियो। 

उक्त ट्यांकरबाट तेल चुहिन थालेपछि उक्त तेल आ–आफ्ना भाँडामा थापेर लैजान स्थानीय बासिन्दाको घुइँचो लाग्योे। त्यसैबेला ठूलो आवाज सहित उक्त ट्यांकरमा आगो लाग्यो। 

आगोको चपेटमा परेर कम्तीमा ५७ जनाको ज्यान गएको र एक सयभन्दा धेरै घाइते भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्काइ न्यूजले जनाएको छ।

मोरोगोर शहर तन्जानियाको राजधानी दार ए सलामबाट ३०० किलोमिटरको दूरीमा पर्छ। 

करिब एक महिनाअघि नाइजीरियामा पनि यस्तो घटना भएको थियो। त्यहाँको बेनुए पान्तमा सडकमा दुर्घटना भएको ट्यांकरबाट स्थानीय वासिन्दाले तेल चोर्न लाग्दा भएको विष्फोटमा परी ४५ जनाको ज्यान गएको थियो भने एकसय भन्दा बढी घाइते भएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।