शनिबार, चैत ७, २०८२

चीनमा आँधीले १३ जनाको मृत्यु, १० लाख विस्थापित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी- चीनमा अचानक आएको ताइफुन आँधीले १३ जनाको मृत्यु भएको छ। लेकिमा नामको आँधीका कारण दशौं लाख मानिस विस्थापित भएका छन्। 

आँधीसँगै आएको पहिरोमा परेर १६ जना हराइरहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्। 

लेकिमा आँधीले आज (शनिबार) बिहानैदेखि ताइबानसँगको सीमा जोडिएको आर्थिक राजधानी मानिने साङ्घाईको वेन्लिङ क्षेत्रमा बाढी र पहिरो निम्त्याएको अधिकारीहरुले जनाएका छन्।

तीब्र गतिमा आएको आँधीको बेग १८७ किलोमिटर प्रतिघण्टा रहेको समाचारहरुमा जनाइएको छ।

वेन्लिङ क्षेत्रमा ठूलो क्षति गरेपछि लेकिमको गति घटेको छ। अहिले लेकिमा आँधीको प्रभाव झेजियाङ प्रान्ततर्फ बढ्दै गएको छ। 

आँधीपछि त्यहाँ थुप्रै घरहरु भत्किएका, सवारी साधनहरु बगेका र ठूला रुखहरु ढलेका अधिकारीहरुले जनाएका छन्। साथै धेरै क्षेत्रमा बिजुलीका पोलहरु ढलेपछि बत्ती र सञ्चार सेवासमेत अबरुद्ध भएको छ।

आँधीका कारण करिब १ हजार उडान तथा सयौं रेलको तालिका रद्ध गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।