बिहीबार, साउन २८, २०८३

प्रदेश २ : निर्माण पुरा नहुँदै भत्किन थाल्यो सडक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- वर्षौदेखि जीर्ण अवस्थामा रहेका जनकपुरका मुख्य सडकहरु निर्माण गर्ने निर्णय हुँदा जनकपुरवासी हर्षित थिए ।

सडक निर्माण भएपछि खाल्डाखुल्डी तथा हिलो पानीबाट जोगिने भन्दै यहाँका बासिन्दामा खुशी छाएको थियो ।

जनकपुरमा सडक र ढल निर्माण गर्न एसियाली विकास बैंक (एडीबी) ले सहयोग गर्ने निर्णय गर्‍यो । र, २०६९ सालमा तत्कालीन जनकपुर नगरपालिका, एडीबी र सहरी डिभिजन कार्यालयबीच त्रिपक्षीय सम्झौता भयो, निर्माण कार्य सम्पन्न गर्न । सम्झौता भएको झण्डै चार वर्षपछि २०७४ साल वैशाख १ गतेदेखि जनकपुरमा सडक र ढल निर्माण कार्य सुरु भयो ।

झण्डै दुई अर्बको लगानीमा सुरु भएको सडक, ढल र फुटपाथ निर्माण कार्य अहिले आएर सकिन थालेको छ ।

जसमध्ये ८३ करोड ५१ लाखको लागतमा सघन सहरी सडक विकास कार्यक्रमअन्तर्गत १६.८८ किलोमिटर र एकीकृत सहरी विकास पूर्वाधार परियोजना (आइयुडीपी) अन्तर्गत १२.५४ किलोमिटर सडक निर्माण भइरहेको छ । 

सघन सहरी सडक विकास कार्यक्रमअन्तर्गत जनकपुरका भित्री र एकीकृत सहरी विकास पूर्वाधार परियोजनाअन्तर्गत परिक्रमा सडक निर्माण हुँदैछ । 

सघन सहरी सडक विकास कार्यक्रमअन्तर्गत ८३ करोड ५१ लाख र एकीकृत सहरी विकास परियोजनाअन्र्तगत १ अर्ब २३ करोड ५० लाख रुपैँया छुट्याइएको छ । 

जेआइसीसी शर्मा जेभी र रमण कन्स्ट्रक्सन निर्माण कम्पनीले सडक, ढल र फुटपाथ निर्माण गर्ने ठेक्का हात पारेको छ । पटक पटक म्याद थपिँदासमेत निर्माण कार्य पुरा हुन सकेको छैन ।

आधुनिक मोडलको सडक र ढल निर्माण भइसकेपछि वर्षायाममा जनकपुरका सडकहरुमा पानी जम्ने समस्या पनि अन्त्य भएर जाने प्रचारसमेत गरियो । 

तर पानी जम्ने समस्या ज्यूँकात्यूँ रहेको पछिल्लो पटक अषाढको वर्षाले छरप्रस्ट पारेको छ । 

यसअघि सडकमा मात्र पानी जम्ने समस्या रहे पनि नयाँ सडक र ढल निर्माण भइसकेपछि जनकपुरको अधिकांश घरमा पानी छिर्‍यो ।

निर्माण कार्य सकिन बाँकी रहेकै अवस्थामा सडकमा भ्वाङ पर्न थालेको छ भने फुटपाथमा प्रयोग गरिएका स्ल्याबहरु उक्लिन थालेका छन् । सडक छेउका कतिपय स्थानहरुमा फुटपाथ निर्माण कार्य पुरा गर्न अझै बाँकी छ ।

निर्माण कार्य सकिनुअघि नै फुटपाथमा प्रयोग भएका स्ल्याबहरु उक्लिन थालेपछि कमसल सामग्रीको प्रयोग भएको स्थानीयहरुले आरोप लगाउन थालेका छन् ।

निर्माण व्यवसायीको लापरबाही र कमसल सामग्री प्रयोग भएका कारण सडक र फुटपाथ भत्किन थालेको स्थानीयहरु बताउँछन् ।

केही दिनअघि जनकपुरको भानु चोक र मिल्स एरियाको बीचमा हालै निर्माण भएको सडकमा ठूलो भ्वाङ पर्‍यो । स्थानीयले कमसल सामग्री प्रयोग भएकोले यस्तो भएको भन्दै विरोधसमेत गरे । निर्माण कम्पनीले सडकमा भ्वाङ परेको थाहपाए लगत्तै ग्राभेल हालेर पुरेको त्यहाँका एक प्रत्यक्षदर्शीले बताए ।

यसैगरी हालै निर्माण भएको फुटपाथको पनि दुरावस्था छ । एडीबीको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाअन्तर्गत निर्माण भएका फुटपाथका स्ल्याब र ब्लकहरु उक्लिन थालेको सहजै देख्न सकिन्छ ।

मुरलीचोक–जिरोमाइल सडक खण्डमा सडकपेटी कतै भत्किएको छ भने कतै उक्लिएको अवस्थामा छ । यसैगरी मुरलीचोक–रामचोक, जिल्ला अदालतदेखि स्वर्गद्वारी हुँदै रामचोक जाने सडकपेटीको अवस्था पनि उस्तै छ ।

‘पैसा जोगाउन ठेकेदारले जेनतेन काम सक्न खोजेको छ, गुणस्तरको थोरै पनि ध्यान नदिएको,’ मुरलीचोकका स्थानीय चन्दन मण्डल बताउँछन् ।

निर्माण कार्यमा कमसल सामग्रीको प्रयोग र आवश्यक उपकरणको प्रयोगबिना काम भइरहेकोले फुटपाथ भत्किन थालेको सहरी विकास कार्यालयले स्वीकार गरेको छ ।

ठेकेदारले आवश्यक जनशक्ति र उपकरण प्रयोग नगरेकोले यस्तो समस्या देखिएको साइट इन्जिनियर श्रवण यादवले बताए । गुणस्तरहीन कार्य भएको भन्दै आफूहरुले पटकपटक पत्राचारसमेत गरेको भन्दै यादवले एक वर्षभित्र निर्माण कार्यमा त्रुटि फेलापरे ठेकेदारलाई पुनः निर्माण गर्न लगाइने दाबी गरे ।

आइयुडीपीले जनकपुरभित्र ३५ हजार वर्गमिटर फुटपाथ निर्माण गरिरहेको छ । कतिपय ठाउँमा जग्गाधनीले अवरोध गर्दा ४ सय मिटर फुटपाथ निर्माण हुन नसकेको आइयुडीपीका प्रमुख इन्जिनियर शत्रुध्नप्रसाद चौधरी बताउँछन् ।

निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेको भन्दै आफूहरुले करिब ९ पटक पत्र लेखिसकेको चौधरीले बताए । फुटपाथ भत्केको वा उक्लेको स्थानमा पुनः निर्माण गर्न लगाइने उनको भनाइ छ ।

निर्माण पुरा हुनुअगाबै सडकमा भ्वाङपर्नुका साथै सडकपेटीहरु उक्लिन थालेपनि सम्बन्धी निकाय मुकदर्शक बनेर बसेको स्थानीयको गुनासो छ ।

रमण–पप्पु कालो सूचीमा

सार्वजनिक खरिद अनुगमनको कार्यालयले रमण–पप्पु जेभीलाई नयाँ खरिद प्रक्रियामा रोक लगाएको छ । हुलाकी सडक निर्देशनालयले रमण–पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद कार्यालयले सूचना जारी गर्दै तत्कालका लागि नयाँ ठेक्कामा रोक लगाएको हो ।

निर्देशनालयले २० अषाढमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेर यो जेभीलाई कालो सूचीमा राख्न भनेको थियो । कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएकोले तत्काल कुनै नयाँ ठेक्का लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

सडक निर्माणमा विरोध गर्नेलाई तीन महिना कैद

प्रदेश २ सरकारले सडक निर्माण एवम् मर्मत सम्भारमा बाधा पुर्‍याउने व्यक्तिलाई तीन महिना कैदको व्यवस्था गरेको छ । प्रादेशिक सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ ।

विधेयकमा सडक निर्माणको क्रममा अरुको जग्गाको प्रयोग गर्न सकिने र यस क्रममा हुलहुज्जत तथा बाधा विरोध गर्नेलाई तीन महिनासम्म कैद, पाँच हजार रुपैयाँ जरिवाना वा दुबै सजाँय हुनसक्ने प्रावधान गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।