बिहीबार, साउन २८, २०८३

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - दार्चुलामा बाघको छालासहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्। दुहुँ गाउँपालिका तिमुरपाटा क्षेत्रबाट चरि बाघको छालासहित प्रहरीले सशस्त्रका जवानलाई पक्राउ गरेको हो। 

शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ २ हिकिलाबाट खलंगा ल्याउँदै गरेको चरि बाघको छालासहित सोही ठाउँका दिपक सिंह बडाललाई पक्राउ गरेको हो। 

चेकजाँचको क्रममा बडालबाट ३९ इन्च लम्बाई र १० इन्च चौडाई भएको चरि बाघको छाला भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रविन्द्र कठायतले जानकारी दिए। हिकिला २ घर भएका बडाल सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० दार्चुलामा जवान पदमा कार्यरत हुन्। 

झोला भित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा नियमित चेकजाँचको क्रममा चरिबाघको छाला फेला पारिएको पत्रकार सम्मेलन मार्फत निमित्त प्रहरी प्रमुख समेत रहेका कठायतले बताए। 

छालासहित उनलाई आवश्यक अनुसन्धानको लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ। अपि नाम्पा संरक्षण क्षेत्रभित्रबाट उनलाई पक्राउ गरिएको हो। 

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरले उनलाई राष्ट्रिय वन्यजन्तु तथा संरक्षण ऐन अनुसार कारबाही अगाडि बढाइने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।