बिहीबार, साउन २८, २०८३

उप–निर्वाचनका लागि ३४ मतदानस्थल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दाङ - दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप–महानगरपालिका–१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा  ३२ मतदानस्थल रहने छन् । तुलसीपुर उप–महानगरपालिकाको वडा नं। १, २, १० र ११ मा ५ वटा, बबई गाउँपालिाकामा १०, दङ्गीशरण गाउँपालिकामा ८ तथा शान्तिनगर गाउँपालिमा नौ मतदानस्थल रहने निर्वाचन कार्यालयका निमित्त प्रमुख पदमप्रसाद रेग्मीले जानकारी दिए।

प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा मृत्यु भएको थियो भने वडा नं १६ का अध्यक्ष लक्षिन बुढामगरको जन्डिसका कारण मृत्यु भएको थियो । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते उप–निर्वाचनको मिति तय गरेको छ । 

सत्र हजार मतदाता थपिए

दाङमा डेढ वर्षयता १७ हजार २१० मतदाता थपिएका छन् । विसं २०७४ मङ्सिरमा भएको सङ्घीइ र प्रदेशको निर्वाचनमा तीन लाख ४५ हजार ६३३ मतदाता थिए । हाल तीन लाख ६२ हजार ९४२ मतदाता पुगेको निर्वाचन कार्यालयले जनाएको छ । 

अहिले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन तुलसीपुर र लमहीबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी शुरु भएको छ । तत्कालका लागि मतदाता नामावली सङ्कलनको काम भइरहेको र अन्य काम केन्द्रको निर्देशनअनुसार हुने कार्यालयका निमित्त प्रमुख रेग्मीले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।