काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २०६५ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै कोरोना भाइरस संक्रमणबाट २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ।
योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ। पछिल्लो २४ घण्टामा २३३७ जना संक्रमित कोरोना मुक्त भएका छन्। अहिलेसम्म सात लाख आठ हजार २३० जना निको भएका छन्। निको हुने दर ९३.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस्तै आज नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ।
प्रकाशित: Aug 27, 2021| 16:05 शुक्रबार, भदौ ११, २०७८