काठमाडौं – भारतीय जनता पार्टीका नेता एवं पूर्व वित्त मन्त्री अरुण जेटलीलाई आईसीयूमा भर्ना गरिएको छ। शुक्रबार बिशान चेकअपको लागि दिल्लीस्थित एम्स अस्पताल पुगेका जेटलीलाई आईसीयू भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
एम्स अस्पतालले समेत एक विज्ञप्ति जारी गर्दै जेटली आईसीयूमा भर्ना भएको पुष्टि गरेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ। उनको उपचारमा एंडोक्रिनोलोजिस्ट नेफ्रोलोजिस्ट र कार्डियोलोजिस्ट डाक्टर सहभागी छन्। उनको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत अन्य नेता तथा मन्त्रीहरु अस्पताल पुगेका थिए।
गत वर्ष जेटलीको किड्नी प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण पश्चात उनको बायाँ खुट्टामा सफ्ट टिस्यू क्यान्सर भएको छ। जसको उपचारको लागि उनी गत जनवरीमा अमेरिका पुगेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४