बिहीबार, साउन २८, २०८३

लिभरपुलको सानदार सुरुवात 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलको उद्घाटन खेलमा नर्विच सिटीलाई पराजित गर्दै लिभरपुलले सानदार सुरुवात गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा नर्विचलाई ४-१ गोलले पराजित गर्दै लिभरपुलले सानदार सुरुवात गरेको हो। 

आत्मघाती गोलबाट घरेलु मैदानमा अग्रता बनाएको लिभरपुलले पहिलो हाफमा नै ४-० ले अघि बढेको थियो। खेलको सातौ मिनेटमा नर्विचका ग्रान्ट ह्यानको आत्मघाती गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । १९ औं मिनेटमा स्ट्राइकर मोहमद सलाहाले लिभरपुलको अग्रता दोब्बर पारे ।

२८ औं मिनेटमा भर्जिल भान डिजिकले गोल गर्दै लिभरपुलको अग्रता तेब्बर पार्दा ४२ औं मिनेटमा डिभोक ओरिजीले गोल गर्दै पहिलो हाफमा नै लिभरपुललाई ४-० को अग्रता दिलाएका थिए । 

दोस्रो हाफमा भने लिभरपुलले कुनै थप गोल गर्न सकेन। नवप्रवेसी नर्विचले एक गोल फर्काएको थियो । खेलको ६४ औं मिनेटमा टिमु पुक्कीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । 

तर, नर्विचले थप गोल गर्न नसक्दा खेल ४-१ ले गुमाएको हो । यस जितसँगै प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले ३ अंक जोडेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।