बिहीबार, साउन २८, २०८३

तामाङमाथि प्रहरीले किन चलायो गोली ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- रामेछापका व्यापारी र जनप्रतिनिधिलाई धम्क्याएर लाखौं असुली गर्दै आएका लोप्साङ भनिने बाबुराम तामाङलाई महानगरीय अपराध महाशाखाले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।

महाशाखाको टोलीले लुटपाटका नाइके रामेछाप लिखु गाँउपालिका– ७ का ३० वर्षीय बाबुराम तामाङ र उनका सहयोगी अमृत तामाङ बालाजुबाट नियन्त्रणमा लिएको हो।

अपराध अनुसन्धान महाशाखाको टोलीले तामाङलाई नियन्त्रणमा लिन खोज्दा भागेपछि गोली प्रहार गरेको थियो। तामाङको घुँडामुनि दुई राउण्ड गोली लागेको छ। उनको वीर अस्पतालमा उपचार भैरहेको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार  तामाङ रामेछापका उद्योगी, व्यापारी तथा जनप्रतिनिधिलाई पैसा नदिए मार्ने धम्मी दिएपछि पीडितले महाशाखामा उजुरी दिएका थिए। त्यसैको आधारमा तामाङमाथि निगरानी बढाइएको थियो।

तामाङ स्वयम्भूमा आसपासमा रहेको सूचना पाएपछि माहाशाखाको टोली  परिचालन गरिएको थियो। प्रहरी देख्नासाथ भाग्न थालेपछि उनीमाथि गोली प्रहार गरिएको थियो। तामाङको घुँडामुनि दुई राउण्ड गोली लागेको छ। उनी घाइते छन्।

गोली लागेर घाइते भएका तामाङको वीर अस्पतालमा उपचार भैरहेको छ।

महानगरीय अपराध महाशाखाका अनुसार तामाङले  धम्क्याएर  रामेछापको लिखु  जलविद्युतबाट २५ लाख, स्थानीय ठेकेदारबाट ३० लाख असुल गरेको स्वीकार गरेका छन्।

गाउँपालिका अध्यक्षमाथि २ कारोड फिरौती

रामेछापको लिखु गाँउपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई फोन आयो। फोनमा भनियो, ‘दुई करोड फिरौती दिनु, नभए परिवार सखाप पारिदिन्छु।’ गत स्थानीय निर्वाचनमा नेकपाबाट गाँउपालिका अध्यक्षमा बिजयी बनेका खड्कामाथि पटकपटक धम्की आएपछि महाशाखामा उजुरी दिएका थिए।

फिरौती नदिए हत्या गर्ने उद्देश्यले तामाङसहितको लुटेरा समूहले खड्कामाथि निरन्तर निगरानी गरिरहेको अनुसन्धानबाट खुलेको छ।
 
निर्माण कम्पनीसँग ३० लाख फिरौती 

लुटेरा समुहका नाइके तामाङले  गोल्डेन बुट रामेछाप कन्ट्रक्सनबाट ३० लाख फिरौती लिएको अनुसन्धानबाट खुलेको महाशाखा स्रोतले जनाएको छ। त्यस्तै लिखु जलविद्युत कम्पनीसँग तामाङले २५ लाख फिरौती लिएको स्वीकार गरेको छन्।  

रामेछापका अधिकाँश ठूला व्यापारीसँग तामाङले मागेको रकम नदिए ज्यान मार्ने घम्की दिएको प्रहरीले जनाएको छ। रामेछापसँगै पछिल्लो समय काठमाडौंमा समेत तामाङले धम्क्याउँदै असुली गर्न थालेका थिए। महाशाखाले तामाङमाथि एक महिनादेखि निगरानी बढाएको थियो।

तामाङ गुण्डा नाइके बाहुनका सहयोगी

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद कुमार गौचनको हत्या तथा ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानेको घटनामा पक्राउ गुण्डा नाइके बाहुन भनिने सुजन पौडेल केन्द्रीय कारागारमा छन्।

बाबुराम तामाङ जेलमा रहेका उनैले बाहुनका सहयोगी रहेको र बाहुनको आडमा गुण्डागर्दी तथा असुली धन्दा चलाइरहेको अनुसन्धानबाट खुलेको छ।

महानगरीय अपराध महाशाखाले गुण्डा नाइकेहरु समीरमान बस्नेत, रमेश बाहुन, राधे भण्डारी, रमेश श्रीस लगायतका गुण्डालाई जेल पठाइसकेको छ।

जेलमा रहेका गुण्डा नाइके र तिनका सहयोगीले व्यापारी तथा उद्योगीलाई निरन्तर धम्क्याएको र पैसा असुली गरेको सूचना पाएपछि प्रहरीले तिनका सहयोगीमाथि निगरानी बढाएको थियो। यसै क्रममा तामाङ शुक्रबार बालाजुबाट पक्राउ परेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।