बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको आन्तरिक संरचनाको कार्यविधि तयार : शीर्ष नेतासँग परामर्श हुँदै

कांग्रेसको आन्तरिक संरचनाको कार्यविधि तयार : शीर्ष नेतासँग परामर्श हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेसले आन्तरिक संरचना निर्माणको कार्यविधि तयार पारेको छ। 

कांग्रेसको जारी केन्द्रीय समिति बैठकले कार्यविधि बनाउन जिम्मा दिएका नेताहरुले कार्यविधि तयार पारी शीर्ष नेतृत्वसँग छलफल गर्दैछन्।

कार्यविधि निर्माण समितिका सदस्य रमेश लेखकले नेपालसमयसँग भने, 'केन्द्रीय समितिले दिएको जिम्मेवारी अनुसार हामीले कार्यविधि तयार पारेका छौं। शीर्ष नेतृत्वसँग छलफल गरी अन्तिम रुप दिने छौं।’

केन्द्रीय समितिमा प्रस्तुत गर्नुअघि शीर्ष नेतृत्वसँग परामर्श आवश्यक रहेको भन्दै लेखकले शुक्रबार साँझ यसविषयमा शीर्ष नेताहरुसँग परामर्श हुने जानकारी दिए।

केन्द्रीय समिति बैठकले एक साताअघि पार्टीको आन्तरिक संरचना निर्माणका लागि कार्यविधि बनाउने जिम्मेवारी नेता कृष्ण सिटौला, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल र लेखकलाई दिएको थियो।

केन्द्रीय समितिमा प्रस्तुत गर्नुअघि शीर्ष नेतृत्वसँग परामर्श आवश्यक रहेको भन्दै लेखकले शुक्रबार साँझ शीर्ष नेताहरुसँग परामर्श हुने जनाए।

यसअघि समितिले कार्यविधिको टुङ्गो लगाउन नसक्दा बुधबारको केन्द्रीय समिति बैठक आइतबारको लागि सरेको थियो।

शीर्ष नेतृत्वसँग परामर्श गरेपछि आइतबार २ बजे बस्ने केन्द्रीय समिति बैठकमा कार्यविधि प्रस्तुत हुनेछ। 

पार्टीको १३ औं महाधिवेशनताकाको संरचना परिवर्तन गर्नु पर्ने भएकोले कार्यविधि तयार गर्न समय लागेको नेता लेखकले बताए। 

उनका अनुसार संघीय प्रणालीसहित स्थानीय निकायको संरचना परिवर्तन भएकोले सोही बमोजिम कार्यविधि बनाइएको छ।

अन्तरिक संरचनाको टुंगो लागेसँगै कांग्रेसभित्र १४ औं महाधिवेशनको मितिका विषयमा छलफल हुने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।