बिहीबार, साउन २८, २०८३

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– काठमाडौंको हलचोकमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। बा ७ प १३८१ नम्बरको ट्रकले बा ४५ प २७७४ नं को मोटरसाइकललाई ठक्कर दिँदा धादिङ्ग गजुरीका  २१ वर्षीय सुमन मगरातीको मृत्यु भएको महानगरीय प्रहरी वृत स्वयंभुका प्रमुख डिएसपी लाल ध्वज सुवेदीले जानकारी दिए।

स्वयंभुबाट बालाजुतर्फ गइरहेको उक्त मोटरसाइकललाई सोहि दिशाबाट आएको ट्रकले ठक्कर दिँदा मगरातीको घटनास्थलमै मृत्यु भएको हो। ट्रकले कुल्चदा मगरातीको टाउको क्षतविक्षत भएको छ। 

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको सुवेदीले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।