बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिव्यमन्त्र सहकारीका सञ्चालक तीन करोड रुपैयाँ लिएर फरार

दिव्यमन्त्र सहकारीका सञ्चालक तीन करोड रुपैयाँ लिएर फरार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – तीनकुनेमा मुख्य कार्यालय भएको दिव्यमन्त्र बचत तथा ऋण सहकारी संस्था तीन करोड रुपैयाँ लिएर फरार भएको छ । करिब ५ सय भन्दा बढी सदस्य रहेको सो सहकारी बचत फिर्ता गर्न नसकी सञ्चालकहरु फरार भएका हुन्।

महानगरीय प्रहरी बृत्त तिनकुनेका अनुसार बचतकर्ताको उजुरीको आधारमा सहकारीमा प्रहरीले छापामारी एक महिला कर्मचारीलाई पक्राउ गरेको छ।

सो सहकारीले सर्वसाधरणबाट धेरै व्याजमा निक्षेप उठाएको र सो निक्षेप फिर्ता दिन नसकेपछि सहकारी समस्यामा परेको थियो । समस्यामा पर्ने वित्तिकै सहकारीका सञ्चालकहरु भने फरार रहेका छन्। 

उनीहरुको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी बृत्त बानेश्वरले जनाएको छ। १७ प्रतिशत व्याज दिन्छु भनेकोले आफुले बचत राखेको ठमेलमा विजी बेकरी क्याफे सञ्चालन गरिरहेका मनकुमार तामाङले बताए।

उनका अनुसार सहकारीका अध्यक्ष राजन कुटुवार भने धेरैदिनदेखि नै फरार रहेका थिए। उनको सो सहकारीमा सात लाभन्दा बढी रकम बचत छ। 

उनीजस्तै पीडित छन् ठमेलमा नै पसल राखेर बसेका सिन्धुपाल्चोकका शिखर दुलाल। उनी भन्छन् ,‘ मेरो पनि केही रकम डुवेको छ, प्रहरीले सञ्चालक भने भेटको छैन काम गर्र्ने कर्मचारीलाई पक्राउ गरेर लगेको छ।’ 

सहकारी विभागबाट अनुमति नलिइकनै सो सहकारी ठमेलमा शाखा खोलेर सञ्चालन भैरहेको थियो। 

आफूले लगानी गरेको ऋण नउठेपछि सहकारी सन्चालक फरार भएका हुन् ।
 
एक हप्ता अगाडिमात्र सहकारीले निक्षेपमा धेरै व्याज दिँदा सर्वसाधरण जनता व्याज पाउने लोभमा सहकारीमा रकम राख्ने र सहकारी भाग्दा उनीहरुको रकम समेत उठ्न नसक्ने भएपछि सहकारी विभागले सन्दर्भव्याजदर तोकेको थियो। 

रजिष्ट्रारको संयोजकत्वमा सन्दर्भ व्याज निर्धारण समितिले १६ प्रतिशत भन्दा कम कर्जा र १० प्रतिशत भन्दा बढी निक्षेपमा व्याज दिनुपर्ने गरी व्याजदर तोकेको थियो।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।