बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुर महानगरपालिकाका ब्रुमर र पानी ट्यांकर सञ्चालनमा

ललितपुर महानगरपालिकाका ब्रुमर र पानी ट्यांकर सञ्चालनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर – ललितपुर महानगरपालिकाले खरिद गरेको दुई वटा ब्रुमर र दुई वटा पानी ट्यांकर शुक्रवारबाट सञ्चालनमा आएको छ। हिलो र धुलोमुक्त महानगर बनाउने अभियान अनुरुप महानगरले ब्रुमर र पानी ट्यांकर खरिद गरेको हो। 

टेण्डर प्रक्रियाद्वारा महानगरले खरिद गरेको ब्रुमर र पानी ट्यांकर यही साउन १० गते महानगरपालिका आइपुगेको थियो।
 
इटालीमा बनेका युरो ४ मापदण्डका ब्रुमर खरिदका लागि महानगरले २०७५ मंसिर २७ गते वोलपत्र आह्वान गरेको थियो। सोही अनुसार २०७५ पौष २९ मा खोलिएको टेण्डर अनुसार जेनटेक प्राइभेट लिमिटेड कम्पनी छनोट भएको थियो। उसले भ्याटसहित ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँमा ब्रुमर उपलब्ध गराएको हो।

डिजेलबाट चल्ने ब्रुमरको ६ सय २० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता रहेको छ। ब्रुमरको अगाडि एउटा, दायाँबायाँ २ र बीचमा १ गरी ४ ओटा ब्रस र पछाडि एउटा भ्याकुम क्लिनर रहेको छ। यसको ११० किलोवाट इन्जिन क्षमता छ।

बु्रमर सञ्चालनका लागि जेनटेक प्राइभेट लिमिटेड कम्पनीले महानगरका ५ जना प्राविधिकलाई सात दिनको तालिम समेत दिइसकेको छ। 

त्यसैगरी २ वटा पानी ट्यांकर खरिदका लागि महानगरले २०७५ माघ २१ गते वोलपत्र आह्वान गरेको थियो। सोही अनुसार २०७५ फागुन २२ गते वोलपत्र खुला हुँदा सिप्रदी ट्रेडिङ प्रा.लि छनौट भएको थियो। सोही अनुसार सिप्रदीले भ्याटसहित ६२ लाख ९० हजार रुपैयाँमा दुई वटा पानी ट्यांकर उपलब्ध गराएको हो।

इन्डियामा बनेको टाटा कम्पनीको एलपीटी १०१० मोडेलको पानी ट्यांकरको क्षमता ९३.२ किलोवाट रहेको छ। ६ हजार लिटर पानी भण्डारण गर्नसक्ने क्षमता भएका दुई वटा ट्याङकरका लागि कम्पनीले एक वर्षको वारेण्टी प्रदान गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।