काठमाडौं - महानगरीय अपराध महाशाखा काठमाडौंले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको छ।
स्वयम्भूको विजेश्वरीबाट लोप्साङ भनिने मिलन तामाङलाई प्रकाउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
रामेछाप घर भएका लामालाई नियन्त्रणमा लिन खोज्दा अटेर गरेर भाग्न खोजेपछि गोली चलाइएको एसएसपी श्याम ज्ञवालीले जानकारी दिएका छन् । लामालाई घुँडामुनी दुई गोली लागेको छ ।
लामा माथि अपहरणको धम्की, असुली, लुटपाट आदिका उजुरी परेको प्रहरीले जनाएको छ। लामाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालका अनुसार महाशाखाले आज बिहानदेखि लुटेरा समूहलाई पक्राउ गरेन विशेष अप्रेशन चलाएको छ।
दिउँसो १२ बजेसम्म स्वयम्भु क्षेत्रबाट मात्र एक दर्जन लुटेरा पक्राउ परेका उनले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४