बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ४ पुग्यो, २० बेपत्ता

त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ४ पुग्यो, २० बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सर्लाहीबाट काठमाडों आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदिमा खस्दा मृत्यु हुने संख्या ४ पुगेको छ।

१६ जनाको सकुशल उद्दार गरिएको छ भने २० जनाभन्दा बढी अझैं बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदिमा खसेको हो ।

दुर्घटनामा परि एकै परिवारका ३ जना रहेको मृत्यु भएको छ भने एक जनाको सनाखत हुन नसकेको जनाइएको छ। मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका ४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन्। 

दुर्घटनापछि उद्धारका लागि नेपाली सेना, शसस्त्र प्रहरीको टोली खटिएको छ । प्रहरीका अनुसार अफ्ठयारो ठाउँ दुर्घटना भएका कारण उद्धारमा कठिनाई भएको छ । अहिले पनि दुर्घटनामा परि हराएकाहरुको खोजीकार्य तिब्र पारेको र बस नदि बाहिर निकाल्ने प्रयास भइराखेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

चालक निदाएका कारण बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ। बसका लागि ३८ यात्रीले चलान काटेको देखिएको भएपनि  कति यात्रु थिए भन्ने यकिन भने भइनसकेको प्रहरीको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।