बिहीबार, साउन २८, २०८३

हेटौंडामा डेंगुको महामारी, ८२ संक्रमित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

हेटौंडा- धरानमा जस्तैगरि हेटौंडामा पनि डेंगुको प्रकोप फैलिएको छ ।

अहिलेसम्म हेडौंमा ८२ जना डेंगु संक्रमित भेटिएका छन् । यो क्रम बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

साउन १ देखि २३ गते ८२ जना डेंगु संक्रमित फेला परेका छन्। बिरामीमध्ये ३५ जनाभन्दा बढीले सरकारी अस्पतालमा तथा बाँकी निजी अस्पताल र क्लिनिकमा उपचारका लागि गएको जनाइएको छ ।

दिनहुँ आधा एक दर्जन भन्दा धेरै व्यक्ति डेंगुको आशंका गर्दै विभिन्न अस्पतालमा परिक्षणका लागि पुग्ने गरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । 

डेंगु संक्रमणले प्रकोपको रुप लिदासमेत उपमहानगरपालिकाले सामान्य जनचेतना जगाउने र लामखुट्टेको लार्भा नष्ट गर्ने काम मात्रै गरेको भन्दै आलोचना भएको छ। डेंगु नियन्त्रका लागि प्रभावकारी कदम नचालेको स्थानीयको गुनासो छ ।

डेंगुको संक्रमणका कारण हेटौंडा गत वर्ष दुई जनाको मृत्यु भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।