बिहीबार, साउन २८, २०८३

आईएनजीओको बद्‍मासी : १ खर्ब २ अर्ब रुपैयाँ लुकाए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरहरुलाई प्राथमिकताका साथ छापेका छन् ।
 
कान्तिपुर दैनिकले आईएनजीओले लुकाए १ खर्ब २ अर्ब शीर्षकमा मुख्य समाचार छापेको छ भने प्रहरी विधेयकमा गरिएको फेरबदललाई पनि प्राथमिकताका साथ छापेको छ। 

आजको नयाँ पत्रिकाले सरकारी उद्योगमा धमाधम प्रहरी व्यारेक राखिएको विषयलाई मुख्य समाचार बनाएको छ ।  यस्तै अजेयराज सुमार्गीको हेलो नेपालले ७९ करोड रोयल्टी नतिरेको विषयलाई पनि महत्वका साथ छापेको छ। 

अन्नपूर्ण पोस्ट्ले भने सिन्धुलीका ४ वटा गुठीका ५ सय ५५ बिघा जमिन व्यक्तिको नाममा दर्ता गरेको खुलासा गरेको छ। यस्तै उसले आन्तरिक र बाह्य बजार अनिश्चित हुँदा पाँच हजार मेगावाटभन्दा बढि बिजुली जोखिममा परेको विषयलाई पनि महत्वका साथ छापेको छ। 

आजको नागरिक दैनिकले वीरगन्जमा १ विघा ९ कठ्ठा सार्वजनीक जग्गा व्यक्तिगत बनाउन चलखेल भएको विषयलाई मुख्य समाचार बनाएको छ। यस्तै उसले कर्णाली प्रदेशमा सुत्केरीको अकालमै ज्यान जाने गरेको र एयर लिफ्टिङ कार्यक्रम प्रभावकारी बन्न नसकेको विषयलाई पनि महत्वका साथ छापेको छ । 

आईएनजीओले लुकाए १ खर्ब २ अर्ब 

कान्तिपुरमा प्रकाशित समाचारअनुसार सामाजिक सेवाका नाममा भित्रिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरूले पछिल्लो ३ वर्षमा १ खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेका छन् । 

सरकारलाई जानकारी नै नदिई उनीहरूले आव २०७२/०७३ देखि २०७४/०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरूमा लुकाएको फेला परेको छ ।

सरकारलाई गलत खर्च विवरण देखाएर आईएनजीओले २८ वटा वाणिज्य बैंकमा २९ हजार ८ सय ६० वटा खातामार्फत रकम मनोमानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 

अपचलन भएको रकम चालु आव २०७६/०७७ का लागि विनियोजित बजेटको करिब ७ प्रतिशत र गत आवको बजेटको करिब ८ प्रतिशत हुन आउँछ ।

समाज कल्याण परिषद्बाट आईएनजीओहरूले ३ वर्षमा ५८ अर्ब ५८ करोड ६२ लाख ८९ हजार रुपैयाँ बराबरको परियोजना सञ्चालन स्वीकृति लिएको महालेखा परीक्षकको तथ्यांकमा उल्लेख छ । 

यो अवधिमा उनीहरूले सर्त र सम्झौताविपरीत १ खर्ब ५३ अर्ब ७२ करोड ५२ लाख ७० हजार रुपैयाँ भित्र्याएको महालेखा परीक्षक कार्यालयको कार्यमूलक लेखापरीक्षणबाट खुलेको छ । कार्यक्रम सञ्चालनका लागि सरकारलाई देखाएको र बैंकमा भेटिएको रकममा ठूलो अन्तर देखिएको हो ।

विवरण लुकाएर परियोजनाको पैसा अनधिकृत प्रयोग गर्ने आईएनजीओको संख्या १ हजार ८ सय ६६ रहेकाे समाचारमा उल्लेख छ ।

गुठीको ५५५ बिघा जग्गा व्यक्तिका नाममा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार सिन्धुलीका चारवटा गुठीका पाँच सय ५५ बिघा जमिन व्यक्तिका नाममा दर्ता गरिएको छ। 

सिद्धेश्वर (कमलामाई) गुठीको ११ बिघा, भीमेश्वर राजगुठी (अधीनस्थ) को चार सय १८ बिघा, भीमेश्वर सदाबर्त (जलकन्या) गुठीको ६८ बिघा र कुशेश्वर–दुम्जा गुठी (झाँगाझोली रातमाटा) को ५८ बिघा व्यक्तिका नाममा रजिस्ट्रेसन पास गरिएको हो।

जिल्ला मालपोत कार्यालयका अनुसार सिद्धेश्वर गुठीको ११ बिघा एक सय ५० व्यक्तिका नाममा दर्ता भएको छ। भीमेश्वर राजगुठीको चार सय १८ बिघा ४६ जनाको नाममा, भीमेश्वरकै सदाबर्त जलकन्या गुठीको ९ जनाका नाममा र कुशेश्वर महादेव गुठीको ५८ बिघा ७६ जनाका नाममा दर्ता भएको छ।

मालपोत अधिकृत तारा नेपालीका अनुसार २०३७ सालअघि सबै जग्गा धार्मिक संस्थाका नाममा खोलिएको गुठीकै नाममा दर्ता भए पनि मोही परिवर्तन हुँदा व्यक्तिका नाममा पास हुँदै आएको हो।

सुमार्गीको हेलो नेपालले ७९ करोड रोयल्टी तिरेन

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)लाई फ्रिक्वेन्सी दस्तुरको बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको छ । 

व्यवसायी अजेयराज सुमार्गीसमेतको लगानी रहेको हेलो नेपालले सरकारलाई फ्रिक्वेन्सी दस्तुरबापत ७९ करोड ९२ लाख २७ हजार रुपैयाँ बुझाउन बाँकी छ । 

बक्यौतामध्ये सात करोड रुपैयाँ १५ दिनभित्र भुक्तानी गर्न अल्टिमेटम दिँदै प्राधिकरणले बाँकी रकम तिर्न तीन महिनाको समय दिएको छ । तत्काल तोकिएको बक्यौता नबुझाए लाइसेन्स स्वतः खारेज हुने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । 

‘१७ साउनमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हेलो नेपाललाई बक्यौता रकम तिर्न १५ दिन र तीन महिनाको अल्टिमेटम दिएको छ,’ उनले भने, ‘पहिलो १५ दिनमा सात करोड रुपैयाँ र त्यसपछिको तीन महिनाभित्र बक्यौता तिर्न निर्देशन दिएका छौँ ।’

दूरसञ्चार ऐन, २०५३ को दफा २८ को उपदफा ३ अनुसार तोकिएको समयमा बक्यौता नबुझाए लाइसेन्स स्वतः रद्द हुनेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।