बिहीबार, साउन २८, २०८३

शैक्षिक रुपान्तरणको नारासहित युवा दिवस मनाईदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- शैक्षिक रुपान्तरणको नारासहित यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइदैछ। दिवसका अवसरमा नेपाल युवा संस्था सञ्जाल (आयोन) ले सप्ताहव्यापी कार्यक्रमको घोषणा गरेको छ।

प्रत्येक वर्ष अगष्ट १२ तारिखका दिन विश्वभर मनाइने युवा दिवसमा आयोनले पनि साताव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रम अन्तर्गत आयोनले पहिलो दिन बुधबार फुटसल प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा काठमाडौंका १६ संस्थाको सहभागिता थियो।

बिहीबार आयोनले स्थानीय तहमा युवा सहभागिता विषयमा युवा बहस कार्यक्रम आयोजना गरेको छ भने शुक्रबार शैक्षिक मुद्दामा शिक्षा क्षेत्रका विज्ञहरुसँग छलफल गर्ने कार्यक्रम रहेको आयोनका अध्यक्ष जगदीश ऐरीले जानकारी दिएका छन्।

उनका अनुसार आयोनसँग आबद्ध संस्थाहरुसँग मिलेर शनिवार मुख्य कार्यक्रमको आयोजना गरिनेछ। अगष्ट १२ का दिन सातै प्रदेशमा कार्यक्रम गरिने आयोनले जनाएको छ। युवाका क्षेत्रमा क्रियाशील पाँच दर्जन बढी संस्थाहरुको छाता सङ्गठन आयोन हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।