काठमाडौं–प्राकृतिक प्रकोप, हत्या आत्महत्या दुर्घटनामा परि पछिल्लो एक वर्षमा एक हजार दुईसय १३ जना बालबालिकाको अकालमा ज्यान गएको छ।
आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढि पाँच सय ७१ जना बालबालिकाको प्राकृतिक प्रकोपमा परि ज्यान गएको हो भने चार सय ६९ जना बालबालिकाले आत्महत्या गरेका छन्। यो १८ वर्ष मूनि उमेर समूहको तथ्याङ्क हो।
नेपाल प्रहरीले देशभरबाट संकलन गरेको पछिल्लो एक वर्षको तथ्याङ्कअनुसार सबैभन्दा बढि बालबालिका मृत्यु सवारी दुर्घटना, डुबान, बाढीपहिरो, चट्ट्याङ, हावाहुरी जस्ता प्राकृतिक प्रकोपका परेर गएको हो । जसका कारण ५ सय ७१ बालबालिकाले ज्यान गुमाएका छन्।
यस्तै ८८ बालबालिकाको हत्या भएको छ भने ६२ जना बालबालिकाको मृत्युको कारण अहिलेसम्म खुलेको छैन। ७७ जना बालबालिकाले विष सेवन गरि आत्महत्या गरेका छन्।
दुई बालिकाले आफैंलाई जलाएर आत्महत्या गरेका छन् भने दुईजना बालकले हामफालेर आत्महत्या गरेका छन्।
एक बालिकले डुबेर आत्महत्या गरेकी छन् भने ६ बालबालिकालाई आत्महत्याको प्रयास गर्दा गर्दै उद्धार गरिएको छ। गर्भपतन गरि फ्याँकेका २७ नाबालिकाको शव प्रहरीले फेला पारेको छ। मृत्यु भएकामध्ये बालकको संख्या ८९ ले बढि छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४