बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डेजाभु क्लबका सञ्चालक श्रेष्ठ धरौटीमा छुटेलगत्तै पुन: पक्राउ 

डेजाभु क्लबका सञ्चालक श्रेष्ठ धरौटीमा छुटेलगत्तै पुन: पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंको दरबार्मागस्थित डेजाभु क्लबका सञ्चालक मनोज श्रेष्ठ धरौटीमा छुटेलगत्तै पुन: पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष अदालतबाट छुटे लगतै श्रेष्ठलाई पक्राउ गरेको हो।

बैंकिङ कसूर मुद्दामा एक करोड धरौटी बुझाएर छुटे लगत्तै उनलाई पक्राउ गरिएको हो। उनलाई  बिहीबार विशेष अदालतले एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो। 

क्लब डेजाभु निर्माण गर्ने भन्दै संचालक सेयर धनिको  तीन करोड बढी रकम ठगेको उजुरी परेपछि श्रेष्ठलाई पुन: पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी हविन्द्र बोगटीले जानकारी दिए।

पक्राउ परेका श्रेष्ठ विरुद्ध ठगी मुद्दा चलाउने तयारी भैरहेको परिसरले जनाएको छ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका श्रेष्ठविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिश जारी गरेपछि साउन १३ गते  त्रिभुवन विमानस्थलबाट उनी पक्राउ परेका थिए। क्लब मर्मत गर्न  उनले विश्वराम श्रेष्ठबाट २ करोड रुपैयाँ लिएको र  पछि  फिर्ता गर्दा कम्पनीको नाममा रहेको २ करोडको चेक दिएका थिए । उक्त खातामा रकम नभएपछि विश्वरामले महानगरीय प्रहरी परिसर, काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुर अपराधमा जाहेरी दर्ता गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।