बिहीबार, साउन २८, २०८३

'उपत्यकाभित्र कुनै हालतमा राजधानी ल्याउन दिन्न' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सिंहदरबारको छाया पर्ने गरी  काठमाडौं उपत्यकाभित्र प्रदेश राजाधानी ल्याउन नदिने घोषणा गरेका छन्। प्रदेशको कामकारबाहीबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘प्रदेश राजधानी कुनै हालतमा संघीय राजधानीभित्र हुनु हुँदैन। प्रदेश राजधानी सिंहदरबारको छायामा हुन सक्दैन।’ 

उनले प्रदेश राजधानी काठमाडौं बाहिर नुवाकोट वा रामेछाप लगे पनि आफूलाई मान्य हुने बताए। आफू हेटौंडालाई राजधानी बनाउने पक्षमा रहेको दाबी गर्दै पौडेलले राजधानी तोक्ने अधिकार प्रदेशसभाको दुई तिहाइलाई भएको बताए। उनले नाम र राजधानीका विषयमा राजनीतिक सहमति हुनुपर्ने बताए। पौडेलले प्रदेशको नाम र राजधानीका विषयमा अब छिट्टै टुंगोमा पुग्ने बताए। 

अर्को एक सन्दर्भमा पौडेलले स्थानीय तह र केन्द्रले गर्नैपर्ने काम नगर्दा त्यसको अबजस प्रदेश सरकारलाई आउने गरेको गुनासो गरे। संसारका सरकार करबाट चल्ने भएकाले त्यसलाई लागू गर्नु बाध्यता भएको उनले बताए। 

उनले प्रदेश सरकार गठन भएको डेढ वर्ष भए पनि कर्मचारी व्यवस्थापन र ऐननिर्माण तर्फ लाग्दा काम गर्न पाएको पाँच महिना मात्र भएको बताए। उनले अहिले नै परिणाम आउने बेला नभएकोले केही समयपछि परिणाम देखिने दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।