बिहीबार, साउन २८, २०८३

बाख्रा पालनको कमाइबाट सडक ग्राभेल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– धनगढीका एक किसान एवम् सडक निर्माण संघर्ष समितिका अध्यक्षले बाख्रा पालनबाट भएको निजी आम्दानीबाट सडक ग्राभेल गरेका छन्। 

धनगढी उप–महानगरपालिका- ११  का किसान हेमबहादुर बिष्टले सडक ग्राभेल र मर्मतमा व्यक्तिगत कमाई एक लाख २१ हजार रुपैयाँ खर्चेका हुन्। 

धनगढी–दिपायल फाष्ट ट्रयाक सडकको पिपल चौतरा—स्याउने ६ किलोमिटर सडकखण्ड ग्राभेल गराएका उनी आफैं यो फाष्ट ट्रयाक निर्माण संघर्ष समितिका अध्यक्ष समेत हुन्। जुन समितिले सडक निर्माणलाई गति दिनुपर्ने भन्दै एक वर्ष अघिदेखि दबाबमुलक कार्यक्रम चलाउँदै आएको थियो। 

“बाटो मर्मतका लागि प्रदेश र संघीय सरकारसँग पटक-पटक अनुरोध गर्दा पनि सहयोग पाइएन”, विष्ट भन्छन, “सडकमा गाडी चलाउनै धौ धौ थियो, आन्दोलन गर्दा पनि केही लागेन। त्यसैले धेरै विग्रेको ठाउँमा व्यक्तिगत लगानीमै ग्राभेल गराएँ।”

ग्राभेल सम्याउनका लागि धनगढी उप–महानगरपालिकाले एक्सकाभेटर उपलब्ध गराएको थियो।

“स्थानीय सरकार यो सडक आफू मातहतको होईन भन्छ, प्रदेशले संघलाई देखाउँछ”, बिष्ट भन्छन,  “संघले वास्तै गर्दैन।”

एकातिर स्थानीय वासिन्दाले सडक कहिले बन्छ भन्दै दबाब दिन थालेको र अर्कोतिर सडक निर्माणको जिम्मेदारी कसैले नलिएपछि जनताको माग सम्बोधन गर्न निजी रकम खर्च गरेको बिष्ट बताउँछन्। 

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड फास्ट ट्रयाकलाई प्रदेश र संघ सरकारले खेलाँचीको विषय बनाएको आरोप लगाउँछन्। 

उनी भन्छन, “यो सडक कहिले संघ मातहत पुग्छ, कहिले प्रदेश मातहत आउँछ। उनीहरु सक्दैनन् भने स्थानीय सरकारलाई दिए हुन्छ। हामी आफ्नो क्षेत्रभित्रको सडक आफैं बनाउँछौं।”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।