शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतसँग राजनीतिक तथा व्यापारिक सम्बन्ध तोड्दै पाकिस्तान

भारतसँग राजनीतिक तथा व्यापारिक सम्बन्ध तोड्दै पाकिस्तान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- भारत प्रशासित कश्मीरको विशेषाधिकार खोसिएको विषयमा भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको छ।

भारतीय संविधानको धारा ३७० मा रहेको जम्मु कश्मीरको विशेषाधिकार भारतले हटाएको छ र केन्द्र प्रशासित प्रदेश बनाएको छ। विवादित जम्मु–कश्मीरमाथि भारतले अन्याय गरेको भन्दै पाकिस्तानले विरोध जनाउँदै आएको छ।
 
पाकिस्तान सरकार र दुवै सदनबाट भारतको विरोध भएको छ। बुधबार बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठकले भारतसँगको राजनीतिक तथा कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ।

साथै, पाकिस्तानले द्विपक्षीय व्यापारिक सम्बन्ध निलम्बन गर्ने निर्णय गरेको छ।

पाकिस्तानले भारतबाट आफ्नो राजदूत बोलाउने निर्णय गर्नुका साथै पाकिस्तानबाट भारतीय राजदूत फिर्ता पठाउने निर्णय गरेको छ।

यसैगरी पाकिस्तान सरकारले भारत–पाकिस्तानबीचको सन्धिमाथि पुनर्विचार गर्ने तथा कश्मीरको विषय संयुक्त राष्ट्रसंघमा लग्ने निर्णय गरेको छ।

यसैगरी पाकिस्तानले अगस्ट १४ को स्वतन्त्रता दिवसलाई कश्मीरसँगै एकजुट भएर मनाउने भएको छ भने अगस्ट १५ लाई कालो दिवस मनाउने भएको छ।

यसैबीच, पाकिस्तानले आफ्नो हवाई करिडोर बन्द गरिदिएको छ। जसले भारतबाट उड्ने प्लेनलाई समस्या भएको छ। पाकिस्तानको रुट हुँदै दैनिक ५० भारतीय प्लेन उड्ने गरेको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।