बिहीबार, साउन २८, २०८३

डिभी परेर अमेरिका जाने वडाध्यक्षमाथि छानविन हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मकवानपुरस्थित भीमफेदी गाउँपालिकाका एक वडाअध्यक्षको अमेरिका भ्रमणबारे छानविन गर्ने भएको छ।

वडाध्यक्ष नै डिभी परेपछि अमेरिका गएको घटना सार्वजनिक भएपछि संघियमामिला मन्त्रालयले चासोका साथ छानविन गर्ने तयारी गरेको हो ।

गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि सो पद रिक्त रहेको भन्दै स्थानीयले निवेदन दिएका थिए।

 त्यसपछि त्यसबारे छानबीन गर्न लागेको मन्त्रालयका सचिव यादव कोइरालाले भने-‘डिभी परेर अमेरिका गएको रहेछ भन्ने सो पद रिक्त रहन्छ। यसबारे विस्तृत छानबीन गरेर मात्र भन्न सकिनेछ।’

सो वडाका स्थानीयले वडाध्यक्षको उपनिर्वाचन गराउन माग गर्दै निर्वाचन कार्यालय मकवानपुर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा निवेदन दर्ता गराएको थियो।

‘सो पद रिक्त रहेको भनि मन्त्रालयले सिफारिश गरेमा मात्र निर्वाचन आयोगले उपनिर्वाचन गराउँदछ। रिक्त रहेको भनी पुष्ट्याई गर्ने काम मन्त्रालयको हो। आयोगले रिक्त रहेको भनेर पुष्टि गर्न सक्दैन’-प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।