बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश सरकारले सुदूरका पहाडी जिल्लामा अत्याधुनिक एम्बुलेन्स दिँदै

प्रदेश सरकारले सुदूरका पहाडी जिल्लामा अत्याधुनिक एम्बुलेन्स दिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी सात जिल्लाका लागि सवा छ करोड मूल्य पर्ने १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको छ।

आर्थिक वर्ष २०७५/०७६ को बजेटमा एम्बुलेन्स खरिदका लागि मन्त्रालयले विनियोजन गरेको ६ करोड २५ लाख रुपैयाँबाट पहाडी सात जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्घीय सरकारको अर्थ मन्त्रालयले भन्सार छुटका लागि इजाजत दिएपछि सामाजिक विकास मन्त्रालयले ३९ लाखका दरले ‘बी ग्रेड’ का एम्बुलेन्स खरिद गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर बिष्टले जानकारी दिए। एम्बुलेन्स खरिद गरी यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रिया अगाडि बढेको बिष्टले बताए।

सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीमा प्रदेश सभाका १६ निर्वाचन क्षेत्रमा एक÷एक एम्बुलेन्स वितरण गरिने छ।

हरेक निर्वाचन क्षेत्रको एउटा स्थानीय तहलाई मर्मत र चालकको व्यवस्था गर्ने गरी एम्बुलेन्स हस्तान्तरण गरिने छ। सुदूरपश्चिममा ‘बी ग्रेड’ को अहिलेसम्म एउटा पनि एम्बुलेन्स छैन। दसैँ अगाडि सम्बन्धित संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरी सकिने बिष्टले जानकारी दिए।

पहाडी जिल्लामा एम्बुलेन्स नहुँदा धेरै बिरामीले अकालमा ज्यान गुमाउनु परेको छ। मन्त्रालयले यसअघि एम्बुलेन्स खरिदका लागि अन्र्तराष्ट्रिय टेण्डर प्रकाशित गरेको थियो। एम्बुलेन्सको टेण्डर भारतको टाटा कम्पनीले पाएको थियो।

सुदूरपश्चिममा ‘सी ग्रेड’ को सुविधा भएका एम्बुलेन्स पनि पर्याप्त छैनन्। मन्त्रालयले दिएको जानकारी अनुसार बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकी, दार्चुलाको हिकिला र खार, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङको मटेला र रायल तथा डडेल्धुराको भागेश्वर, नवदुर्गा स्वास्थ्य चौकी, डोटीको, जिल्ला अस्पताल र चवरा चौतारा स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल र बाब्ला स्वास्थ्य चौकीलाई संयुक्त रुपमा एक एम्बुलेन्स, अछामकै बान्नीगढी र विनायक स्वास्थ्य चौकीलाई पनि संयुक्त रुपमा एउटा एम्बुलेन्स हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।