काठमाडौं- भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधन प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले श्रद्धाञ्जली प्रकट गरेका छन्।
मंगलबार उनले एक विज्ञप्ति प्रकाशित गरी श्रद्धाञ्जली प्रकट गरेका हु्न्।
‘नेपाल भारत सम्बन्ध सुदृढ तुल्याउन उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो। विगतको कठिन समयमा दुई देश बीचको सम्बन्ध बिग्रन नदिन उहाँले खेल्नु भएको भूमिका र उहाँसंग समकक्षीको रुपमा गरेको सहकार्य स्मरणमा ताजा रहेको छ ’। थापाले उल्लेख गरेका छन्।
अध्यक्ष थापाले स्वराज नेपालको असल मित्र रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ‘दिवंगत सुष्माजी प्रति श्रद्धाञ्जली अर्पण गर्दछु। शोकको यस घडीमा भारतीय जनता पार्टी र भारतीय जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’ उनले भनेका छन्।