बिहीबार, साउन २८, २०८३

विप्लवका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा केन्द्रीय सदस्य श्यामबहादुर बोहरा, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सम्मेलन आयोजक समिति सह–संयोजक प्रेम प्रशान्त बोहरा र अनेरास्वबियू क्रान्तिकारी रुकुम पूर्वका जिल्ला सम्मेलन आयोजक समिति संयोजक हरि पुन रहेका छन् ।

उनीहरुलाई त्रिवेणी गाउँपालिका २ का बोहरालाई मंगलबार राति १० बजे त्रिवेणी गाउँपालिका ६ मुरुबाट प्रहरीले पक्राउ गरेको हो ।

केही दिनदेखि रोल्पा, सल्यान र रुकुम पश्चिमको सिमा नाका तथा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको विभिन्न ठाउँहरुमा समुहले चन्दा तथा फिरौती माग गरिरहेको र सुरक्षा चुनौती बढ्दै गएपछि उनीहरु माथि निगरानी बढाएको प्रहरीले जनाएको छ । 

त्यसै क्रममा मुरुमा विप्लव समुहका नेता तथा कार्यकर्ता जम्मा भएर शंकास्पद गतिविधि संचालन गरिरहेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको  कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।