शनिबार, जेठ २, २०८३

इजिप्टमा सवारी दुर्घटना, १९ जनाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
इजिप्ट - इजिप्टको राजधानी कायरोमा गाडीहरू ठोक्किँदा भएको विस्फोटमा कम्तीमा १९ जनाको मृत्यु भएको छ। आइतबार राति कायरोको एक अस्पताल अगाडि भएको घटनामा अन्य ३० जना घाइते भएको बताइएको छ।

त्यो दुर्घटना वा आक्रमण के हो भन्ने बारेमा आधिकारिक रुपमा पुष्टि भइसकेको छैन। अधिकारीहरूका अनुसार गलत दिशामा गुडिरहेको एउटा कारले अन्य तीन गाडीहरूलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो।

घटनामा भएको आगलागीका कारण वरपरका घरहरूलाई खाली गराइएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार नजिकैको अस्पतालबाट दर्जनौँ  बिरामीहरूलाई अन्य अस्पतालमा सारिएको छ। मन्त्रालयले घाइतेहरू मध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।