आइतबार, जेठ ३, २०८३

पौडेल पक्षले देउवासँग निर्णायक वार्ता गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने भएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने भएको छ।

National life

क्रियाशील सदस्यता लगायत महाधिवेशनको प्रक्रियामा देखिएका समस्या समधान गर्न देउवासँग निर्णायक वार्ता गर्ने निष्कर्ष पौडेल पक्षले निकालेको हो। 

शुक्रबार बिहान नेता प्रकाशमान सिंहको निवास चाक्सीवारीमा बसेको पौडेल समूहको बैठकले तोकिएकै मितिमा महाअधिवेशन हुनुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि सभापति देउवासँग वार्ता गर्ने निचोड निकालेको हो।

बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस नेता मिनेन्द्र रिजालले भने, ‘अहिले देखिएका कठिनाइहरुलाई समाधान गर्नुपर्छ। केही जिल्लाका सभापतिहरु क्रियाशील सदस्यताको विषयमा धर्नामा हुनुहुन्छ। हिजो अबेर केही जिल्लाको सार्वजनिक भएको छ,’ उनले भने,  ‘सबै कठिनाइ समाधान गरेर अधिवेशन सुनिश्चित गर्न पार्टी सभापतिसँग संवाद गर्ने निष्कर्ष निकालेका छौं।’

वरिष्ठ नेता पौडेलले शुक्रबार नै सभापति  देउवासँग छलफल गर्ने बताइएको छ। 

बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, शेखर कोइराला लगायत उपस्थित थिए।

प्रकाशित: Aug 27, 2021| 12:01 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्