शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिका : २४ घण्टाभित्रै दुई ठूला बन्दुक आक्रमण, डेटनमा १० जनाको हत्या 

अमेरिका : २४ घण्टाभित्रै दुई ठूला बन्दुक आक्रमण, डेटनमा १० जनाको हत्या 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
अमेरिकाको ओहायो राज्यको डेटनमा भएको बन्दुक आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने कम्तीमा १६ जना घाइते भएका छन्।

टेक्सस् राज्यको एलपासोमा बन्दुक आक्रमणबाट २० जनाको हत्या भएको २४ घण्टा नवित्दै ओहायो राज्यमा उस्तै प्रकारको यो घटना भएको हो। 

ओहायो राज्यको ओरेगन जिल्लास्थित डेटन शहरको एउटा बार बाहिर स्थानीय समय अनुसार १ बजे एक जना बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा ९ जनाको मृत्यु भएको र प्रहरीको कारवाहीबाट आक्रमणकारी समेत मारिएको अमेरिकी प्रहरीले जनाएको छ। 

डेटनका सहायक प्रहरी प्रमुख म्याट कार्बरले नजिकै गस्तीमा रहेको प्रहरी टोली गोलीको आवाज सुन्दावित्तिकै सक्रिय भएको र आक्रमणकारीलाई तुरुन्त निस्तेज पारेको सञ्चारकर्मीहरुलाई जनाएका छन्। 

प्रहरीका अनुसार आक्रमणको उद्देश्य पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।