शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाको टेक्सासमा अन्धाधुन्द गोली प्रहार : २० जनाको मृत्यु

अमेरिकाको टेक्सासमा अन्धाधुन्द गोली प्रहार : २० जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
अमेरिकाको टेक्सासमा एक बन्दुकधारी समुहले अन्धाधुन्द गोली चलाउदा कम्तीमा २० जनाको मृत्यु भएको छ । २६ जना घाइते छन् ।

बीबीसीका अनुसार, अमेरिका र मेक्सिकोको सीमा नजिकैको पर्ने भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा गोली चलेको हो ।

सीसीटीभीमा कैद भएको फुटेजमा देखिएअनुसार डार्क टिसर्टर् र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली चलाएका छन् । यो दृष्य अमेरिकी सञ्चारमाध्यमहरूले प्रसारण गरेका छन् ।

शंकास्पद २१ वर्षीय गोरे व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  घटनामा एक व्यक्तिले नै गोली चलाएको सुरक्षा अधिकारीले जनाएका छन् । गभर्नर ग्रेग अब्बोटले सो घटनालाई टेक्ससको इतिहासको एउटा भयानक दिन भनेका छन् ।  

सो बन्दुकधारीको बारेमा एफबीआइले अनुसन्धान गरिरहेको जनाइएको छ । उसको एउटा कागजातमा स्थानीय हिस्पानीक समुदायलाई लक्षित गरेको पाइएकोले सो बारेमा अध्ययन भइरहेको जनाइएको छ । 

आल पासो प्रहरी प्रमुख चिफ ग्रेगले स्थानीय समयअनुसार १०ः३९ बजे गोली प्रहार भएकोमा ६ मिनेट भित्रैमा त्यहाँ सुरक्षाकर्मी पुगेको जनाएका छन् । वालमार्टमा थुप्रै मानिसहरु थिए ।  

सो घटनाको बारेमा टिप्पणी गदैै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ज्यादै खराब भन्दै धेरै जना मारिएको बताएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।