शनिबार, चैत ७, २०८२

म्यागसेसे पुरस्कार पत्रकार रवीश कुमारसहित पाँच जनालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
यस वर्षको रेमन म्यागसेसे पुरस्कार भारतीय पत्रकार रवीश कुमारसहित पाँच जनालाई प्रदान गरिने भएको छ । 

रेमन म्यागसेसे पुरस्कार संस्थाले जनाए अनुसार सन् २०१९ को पुरस्कार रवीश कुमारसहित म्यान्मारका को स्वे विन, थाइल्याण्डका अंगखाना नीलापजीत, फिलिपिन्सका रेमुन्डो पुजान्ते कैयाब र दक्षिण कोरियाका किम जोंगलाई प्रदान गरिने भएको छ । 

फिलिपिन्सका भूतपूर्व राष्ट्रपति रेमन म्यागसेसेको नाममा स्थापित यो पुरस्कार आफ्नो क्षेत्रमा विशेष योगदान दिएका एशियाका व्यक्ति तथा संस्थालाई प्रदान गरिन्छ ।
 
एशियाको प्रतिष्ठित यो पुरस्कार प्राप्त गर्ने एकमात्र नेपाली पत्रकार भारतदत्त कोइराला हुन् । नेपाली पत्रकारिताको विकासमा उल्लेख्य योगदान गरेवापत उनलाई सन् २००२ को रेमन म्याग्सेसे पुरस्कार प्रदान गरिएको थियो ।

कोइरालासँगै अन्य क्षेत्रका पाँच नेपालीले यो पुरस्कार प्राप्त गरेका छन् । म्यागसेसे पाउने नेपालीहरुमा महेशचन्द्र रेग्मी (सन् १९७७), भरत दत्त कोइराला (सन् २००२),  डा. सन्दुक रुइत (सन् २००६), महावीर पुन (सन् २००७) र शक्ति समूह (सन् २०१३) छन् ।
 
यसवर्षको रेमन म्यागसेसे पुरस्कार प्राप्त गर्ने भारतीय पत्रकार रवीश कुमार एनडीटीभी इन्डियाका म्यानेजिङ एडिटर हुन् ।
 
पुरस्कार संस्थाले ट्वीट मार्फत रवीश कुमारलाई यो सम्मान ‘आवाजविहिनहरुको आवाज बनेका काराण’ प्रदान गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।
 
समाचार कार्यक्रम ‘प्राइम टाइम’ मार्फत आम मानिसहरुको वास्तविक जीवनसँग जोडिएका समस्या उठाउने गरेका रवीश कुमार सत्ताका विरुद्ध निडर भएर पत्रकारिता गर्ने चर्चित पत्रकार हुन् । 

पुरस्कार संस्थाले रवीशकुमारले नैतिक पत्रकारिताको उच्चतम अभ्यास गरेको, सत्य, अखंडता र स्वतन्त्रताका पक्षमा उनको साहस उच्चकोटीको रहेको साथै लोकतन्त्रप्रति उनको आस्था अविचलित रहेको भन्दै प्रशंशा गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।