आइतबार, चैत ८, २०८२

फागुनसम्म खोप आपूर्ति गरौं, रकम कमी हुन दिन्‍न : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

National life

बुधबार स्वास्थ्यराज्यन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालमा छलफल गर्दै उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरेका हुन्। खोप खरिदको लागि रकम कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन-जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरेर खोप भित्र्याउन आग्रह गरेका हुन्। 

असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्रसमेत धरापमा पर्नसक्ने उनले  बताए। देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकोले विकास निर्माणको लागि विनियोजन गरिएको बजेटसमेत रकमान्तर गरेरै भए पनि खोप खरिदमा लगाइने र  त्यसका  लागि  तालिका संशोधन गर्नुपर्ने उनले बताए। मन्त्री शर्माले प्राप्त भएका खोपसमेत लक्षित समुदायलाई दिने कार्यमा ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरे।

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया दिएका थिए। उनले सम्भव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने बताए।  प्राप्त भएका खोप लगाउनको लागि कार्ययोजना बनाइएको र अब योजनावद्ध रुपले खोप कार्यक्रमले गति लिने राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका थिए। 

प्रकाशित: Jul 29, 2021| 07:25 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्