बुधबार, साउन २७, २०८३

धनगढीमा १३ जुवाडे पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - धनगढीको एक होटलका दुई कोठाबाट १३ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कस्थित चन्द्रकिरण डोटी कुँवर होटलको दुई वटा कोठामा जुवातास खेलीरहेको अवस्थामा १३ जनालाई पक्राउ गरिएको हो। 

उनीहरुलाई पैसठ्ठी हजार छ सय साठी नगद, चार गड्डी ताससहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका ४ बस्ने तारा कुँवर, वडा नम्वर १ बस्ने रतन श्रीमाल, वडा नम्वर ४ बस्ने कृष्ण खडका, धनगढी उप–महानगरपालिका ५ बस्ने राज जोशी, वडा नम्वर ४ का रबिन्द्र खड्का, वडा नम्वर १ का रुपराज जोशी पक्राउ परेका हुन्।

यस्तै धनगढी वडा नम्वर ३ बस्ने कृपाराम रेग्मी, वडा नम्वर २ का रामकृष्ण कुँवर, वडा नम्वर ४ का लाल बहादुर खडका, वडा नम्वर १ का धन बहादुर कुँवर, वडा नम्वर ४ का नन्दसिंह खडका, वडा नम्वर २ बस्ने जय खडका र मदन स्वारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

 १३ जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १ सय २५ बमोजिम कारबाहीको लागि हिरासतमा राखि अनुसन्धान भईरहेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।