बुधबार, साउन २७, २०८३

कार्यक्षेत्र नछाड्न निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको छ। 

मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ समाप्त भएकाले कार्यसम्पादन मूल्याङ्कन फाराम, सम्पत्ति विवरण बुझाउनेजस्ता कार्य गर्नुपर्ने भएकाले प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र छाडी नजान निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय प्रशासन शाखाका शाखा अधिकृत महेशकुमार दाहालले जानकारी दिए। 

उनले कार्य क्षेत्र छोडी काज तथा बिदामा रहँदा स्थानीय तहको काममा बाधा हुने हुँदा बिदा/काजमा रहेका प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल कार्यक्षेत्रमा फर्की कामकाज गर्न निर्देशन दिए।

यसअघि बाढीपहिराको बेलासमेत मन्त्रालयले स्थानीय तहका प्रशासकीय प्रमुखलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।