बुधबार, साउन २७, २०८३

६ महिनामा १३ सय बढी सर्वसाधारण मारिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अफगानिस्तान - अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को शुरुको ६ महिनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ। साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसनले मङ्गलबार जानकारी दिएको छ। 

तर सन् २०१८ मा यसै समयमा भएको नागरिक हताहत सङ्ख्या भन्दा २७ प्रतिशतले घटेको मिसनले बताएको छ। राष्ट्रसंघले सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्ममा अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा भएको मानवीय क्षतिको विषयमा मङ्गलबार प्रकाशित एक प्रतिवेदनमा उक्त जानकारी दिइएको छ। 

यस सशस्त्र द्वन्द्वमा परी सन् २०१९ जुन ३० सम्म चारसय ३० जना महिलाको मृत्यु वा अंगभंग भएको छ। ती महिलामा एक सय ४४ जनाको मृत्यु भएको र अन्य २ सय ८६ जना घाइते भएका छन्। यो सङ्ख्या सन् २०१८ को यसै समयको तुलनामा २२ प्रतिशतले घटेको हो। 

सन् २०१९ को शुरुको छ महिनामा भएको यस द्वन्द्वमा परी तीन सय २७ बालबालिकाको मृत्यु  हुनुका साथै अन्य आठ सय ८० जना घाइते भएका थिए। 

बालबालिकाको यो हताहत सङ्ख्या उच्च भएको र सर्वसाधारणको हताहतको ८४ प्रतिशत बालबालिका नै रहेको जनाइएको छ।  

सो मिसनका अनुसार अध्ययन गरिएको उक्त समयमा ५२ प्रतिशत सर्वसाधारण मारिएका छन् भने ३७ प्रतिशत सुरक्षाकर्मीको ज्यान गएको छ। 

सन २०१८ भरी अफगानिस्तानमा युद्द र विद्रोहका नाममा तीन हजार आठ सय चार जना आम नागरिकहरुको हत्या भएको थियो। जसमा नौ सय सत्ताई बालबालिकाहरु थिए। वर्षौं  लामो  युद्द खेपीरहेको अफगानिस्तानमा बालबालिकाहरुको मृत्‍यु भएको यो संख्या  निकै ठुलो हो। सन २००१ को सेप्टेम्बर ११ तारिखको न्यूयोर्कमा भएको आक्रमणपछि तालिबान सरकार विरुद्द अमेरिकाले अफ्गान युद्ध सुरु गरेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।