बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपमहानगरका दुई उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उपमहानगरका दुई उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अर्का उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा विद्युतीय सामग्री खरिद गर्ने क्रममा ११ लाखभन्दा बढी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारले उपसचिव अर्जुनप्रसाद सुवेदी, उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार कर्ण लेखापाल दिनेश चौधरी, नायब सुब्बा अब्दुल जब्बार र विद्युतीय सामग्री आपूर्ति गर्ने सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मनिषकुमार मिश्रविरुद्ध ११ लाख ३५ हजार ४११ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मिश्रसँग मिलोमतो गरी गलत तरिकाले टेण्डर हाल्न लगाएको अख्तियारको अनुसन्धानले देखाएको छ। 

एउटै व्यक्तिको हस्तलिपीबाट तीनवटा फर्मको नाममा दररेट हाल्न लगाएर  सत्या ईन्टरप्राइजेजको दररेट स्वीकृत गरी प्रतिस्पर्धिलाई समेत सीमित पारिएको अख्तियारले जनाएको छ। 

साथै एकै आर्थिक वर्षमा पटक पटक सीमाभन्दा बढी मूल्यमा स्वीकृत दररेटभन्दा बढी मूल्यमा विद्युतीय सामग्री खरिद गरी उनीहरुले गैरकानुनी लाभ लिएको अख्तियारको दाबी छ।

जनकपुर उपमहानगरपालिकाले सडक बत्ती जडान गर्न बजार मूल्यभन्दा बढी खर्चेर खरिद गरेको आरोप लाग्दै आइरहेको थियो। स्थानीय तह निर्वाचन सकेलगत्तै उपमहानगरपालिकाले जनकपुरको विभित्र वडास्थित बिजुली पोलहरुमा सीएफएल बल्ब जडान गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।