बुधबार, साउन २७, २०८३

देउवा इतरका नेताहरुको छुट्टै भेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समिति बैठक जारी रहेका बेला एउटा गुटको छुट्टै भेला आयोजना गरिएको छ।

केन्द्रीय समिति बैठक जारी छ। बैठकम पार्टीको महाधिवेशन गर्ने वा अन्तरिम संरचना विस्तार गर्ने भन्ने विषयमा नेताहरूबीच विवाद छ। नेता प्रकाशमान सिंहको घरमा सभापति देउवा इतरका नेताहरु भेला भएका हुन्।

भेलामा पार्टीको महाधिवेशनको मिति तय गर्न नेतृत्वलाई दबाब दिने निर्णय भएको छ। महाधिवेशन सर्ने निश्चित भएपछि मिति तय गर्न दबाब दिने उनीहरुले रणनीति बनाएका छन्।

त्यसैगरी अन्तरिम संरचना विस्तारका विषयमा प्रक्रियामा जानुपर्ने पक्षमा देउवा इतरका नेताहरु देखिएका छन्। तर देउवा पक्ष भने भागबन्डाकै आधारमा विभिन्न भातृ संगठन तथा विभाग गठन गर्ने अडानमा छ।

नेता सिंहको चाक्सीबारीस्थित निवासमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला पक्षका नेताहरु सहभागी थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।