बुधबार, साउन २७, २०८३

चितुवाको छालासहित २ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - दुई थान चितुवाको छालासहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विश्व बाघ दिवसकै दिन सोमबार अत्तरीयाबाट दुई जनालाई चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि चितुवाको छालासहित डोटी वढिकेदार गाउँपालिका-५ बस्ने २३ वर्षीय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका- १ बस्ने ३२ वर्षीय रामबहादुर बिष्ट पक्राउ परेको जानकारी दिएको छ। 

प्रहरी उपरीक्षक सुदिप गिरीले चितुवाको छाला बेचबिखन तथा ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अत्तरीयाको एक होटलबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। 'पहाडबाट बाघको छाला बिक्रीका लागि तराई पुगेको भन्ने विशेष सूचना आउँदा निकै लामो खोजतलास पछि मात्र छालासहित पक्राउ गर्न सकिएको हो', गिरीले भने, 'घट्नाबारे थप अनुसन्धान भैरहेको छ।'

प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले एउटा  प्रारम्भिक अनुसन्धानबाट राजेन्द्र थापाले चितुवाको डोटी वढिकेदारमा नै सिकार गरेको र  बिक्रीका लागि राम बिष्टको सम्पर्कमा आएको खुलेको जानकारी दिए। थापा राम बिष्टको सम्पर्कमा आएर उनीसंग भएको अर्को छालासहित अत्तरीया पुगेको खुल्न आएको बस्नेतले जानकारी दिए। प्रहरीले घट्नाको थप अनुसन्धान गरेर उनीहरुलाई कैलाली वन डिभिजन कार्यालयमा बुझाईने जनाएको छ। 

एउटा छालाको लम्बाई नौं फिट र अर्कोको सात फिट रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।