मंगलबार, असार २३, २०८३

जर्गिन्होलाई युईएफए प्लेयर अफ दि इयर अवार्ड

चेल्सीका डिफेन्डर जर्गिन्होले यूईएफए प्लेयर अफ दि इयर च्याम्पियन्स लिग फुटबलको अवार्ड प्राप्त गरेका छन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं– चेल्सीका डिफेन्डर जर्गिन्होले यूईएफए प्लेयर अफ दि इयर च्याम्पियन्स लिग फुटबलको अवार्ड प्राप्त गरेका छन्।

युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार राति जर्गिन्होलाई अवार्ड प्रदान गरेको हो।

चेल्सीलाई च्याम्पियन्स लिग जिताउन सहयोग गर्ने उनले टिमले कान्टे र म्यानचेस्टर सिटीका केभिड डिब्रुएनालाई पछि पार्दै अवार्ड जितेका हुन्।

त्यति मात्र होइन उनले यूईइफएका सबै उपाधि जितेका छन्। इटालिदाई यूरोपियन च्याम्पियन बनाउने पनि उनको भूमिका राम्रो मानिन्छ। त्यसबाहेक उनले सुपर कप पनि जितिसकेका छन्।

साथै पुरुषतर्फ वर्ष प्रशिक्षकको अवार्ड भने चेल्सीकै मुख्य प्रशिक्षक थोमस टुचेलले जितेका छन्। त्यस्तै, फारवार्ड अफ दि सिजनको अवार्ड भने जर्मन क्लब बोरुसिया डर्टमन्डका खेलाडी इर्लिङ हाल्यान्डले जितेका छन्। महिलातर्फको वर्ष खेलाडीको अवार्ड एलेक्सिया पुटेलासले जितेकी छन् भने लुई कोर्टेस वर्ष प्रकिक्षक बनेकी छन्।

प्रकाशित: Aug 27, 2021| 08:48 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।